देश विदेश

गायक गैरेकाे मन रुवाउने गीत ‘पिंजडाको चरी’, टिकटकमा भाइरल (भिडियो)

शेयर गर्नुहोस्

काठमाडौं । पाल्पाली गायक तथा सर्जक पुरुषोत्तम गैरे नयाँ गित बजारमा ल्याएका छन् । गायक गैरेले पिंजडाको चरी बोलको मन रुवाउने गीतिसंग्रह सार्वजनिक गरेका हुन् । पुरुषोत्तम गैरे नामक आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायिका सुनिता बुढाले साथ दिएकी छन् । यो गीतले माया प्रेम र बिछोडिनु पर्दाको पिडा उठाएको छ ।

कोभिड १९को कारण भएको लकडाउनमा गाउँमै बस्दा उनले उक्त गीतको सिर्जना गरेका हुन् । उक्त गीत टिकटकमा भाइरल भएको छ । यसरी टिकटकमा आफ्नो गीत भाइरल हुँदा निकै खुशी लागेको बताए । बिमल पौडेलको शब्द रहेको गीतमा संगीत स्वयम् गैरेले भरेका छन् । गीतको एरेन्ज कृष्ण बिके (भान्जा)ले गरेका छन् । गीतमा हेमन्त रसाइली सारंगी, बासुरीमा रत्न फुलुट, मादलमा खड्क बुडा मगर, ढोलकमा भुवन गन्धर्व र गितारमा संजीव लिम्बुको साथ रहेको छ ।

उक्त गीतको भिडियोमा क्रान्ति केसीले निर्देशन निर्देशन गरेका छन् । गीतको भिडियोमा गायक गैरेसँगै चर्चित मोडल अन्जली अधिकारी, संगम भण्डारी लगायतको अभिनय रहेको छ ।

भिडियाे 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249584/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *