देश विदेश

काठमाडौँ महानगरका विद्यालयहरुमा कक्षा ८ को परीक्षा स्थगित

शेयर गर्नुहोस्

काठमाडौँ। काठमाडौँ महानगरभित्र जेठ ३ गतेदेखि गर्ने तालिका रहेको कक्षा ८ को नगरस्तरीय परीक्षा स्थगित गरिएको छ। कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा भएको र बैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित गरिएको हो।

आइतबार महानगरको शिक्षा विभागले कक्षा ८ सञ्चालन भएका सबै विद्यालयलाई परिपत्र गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित भएको जनाएको छ।

यसअघि असारबाट शैक्षिक सत्र शुरु गर्ने योजनाअनुसार परीक्षालगायत शैक्षिक कार्यक्रम चलिरहेका थिए। महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदी भन्छन्, ‘त्यसैअनुसार जेठसम्ममा सबै परीक्षा सक्ने गरी कार्यक्रम चलिरहेका थिए। अहिले कोभिड संक्रमण बढ्दो क्रममा भएकोले कक्षा ८ को परीक्षा स्थगन गरेका छौँ। एसईई परीक्षा र अर्को शैक्षिक सत्रको शुरुवात् सरबार निर्णय आएबमोजिम गर्नेछौँ।’

सुवेदीकाअनुसार महामारीको अवस्था हेरेर आगामी दिनका शैक्षिक कार्यक्रमहरुका बारेमा क्रमशः निर्णय हुँदै जानेछ।

 

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249701/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *