देश विदेश

नेपाल सहित चार मुलुकका नागरिकलाई युएई प्रवेशमा रोक लाग्ने | देश परदेश

शेयर गर्नुहोस्

संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित चार मुलुकका नागरिकलाई आगामी बुधवार देखि लागु हुनेगरी युएई प्रवेशमा बन्देज लगाएको छ । नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकाबाट जानेहरुले बुधवार पश्चात केहि समयका लागि युएईमा प्रवेश पाउने छैनन् ।

युएईले सोमवार ट्वीटर मार्फत यसको जानकारी गराउँदै ति मुलुकका नागरिक तथा सो मुलुक भएर आउने विदेशीहरुलाई युएई प्रवेशमा तत्कालिन रुपमा बन्देज हुने जनाइएको छ । यसैगरी ति चारवटा मुलुकमा ट्रञ्जिट भएर आउनेहरुले पनि युएई प्रवेश पाउने छैनन् ।

समाचार अनुसार पछिल्लो १४ दिन यता नेपाल, पाकिस्तान, बंगलादेश वा श्रीलंकामा रहेकाहरु युएई प्रवेश गर्न पाउने छैनन् । यद्यपी युएईको सो निर्णयसँगै ति मुलुकबीचको उडान भनें नरोकिने तथा युएईबाट ति मुलुकमा यात्रु भनें जान सक्नेछन् ।

यात्रा बन्देज लागेपनि युएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारीहरु, व्यवसायीहरु, गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भनें युएई प्रवेशको अनुमति पाउने छन् । उनीहरुले पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआरको रिपोर्ट नेगेटीभ रहेको, विमानस्थलमा पुन: पिसिआर परीक्षण गरिने, १० दिनको क्वारेण्टीन अनिवार्य, युएई प्रवेश पश्चात चौथो तथा आठौं दिन पुन: पिसिआर गर्नुपर्ने लगायतका शर्तहरु पुरा गर्नुपर्नेछ ।

२७ बैशाख २०७८, सोमबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/05/12038/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *