कोरोनासाइप्रस न्युज

साइप्रसमा शुक्रबार ४ को मृत्यु, १७१ मा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस्

समिम मियाँ

१४ मे २०२१ / लिमासोल

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने १७१  मा कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना को संक्रमण मा कमि हुदै गएको भए पनि अस्पतालमा १५५ जना भर्नारत छन् जसमध्य  गम्भीर अवस्थाका बिरामी ५१  जना छन्।आज मृत्यु हुनेमा ७७ वर्षीय एक वृद्धा र ३ जना वृद्ध रहेका रहेका छन्। गत वर्ष देखि आज सम्म ३४६ जनाले कोरोना का कारण ज्यान गुमाउनु परेको छ।

आज साइप्रस भरिमा  पिसिआर र र्यापिड गरि ९२,८२३ नमुना संकलन गरि परिक्षण गरिएको थियो  यस अनुसार पोजेतिभिटि रेट ०.१८ प्रतिशत रहेको छ।  महामारी सुरु भए देखि यता साइप्रस भरिमा ७०,७४२ जना संकमित भइ सकेका छन्।

यो पनि पढ्नुहोस्

सेफपास अब इन्डोर स्थानमा मात्रै लागु हुने, महामारीमा लचकता दिदै साइप्रस

समिम मियाँ

१४ मे २०२१/ लिमासोल

साइप्रस सरकारले सेफ पास लाई आंशिक स्थानमा मात्र लागु हुने गरि निर्णय भएको जानकारी दिएको छ।  आज बसेको मंत्रीपरिसद को बैठकले सेफ पासलाई इन्डोर मा  अनिवार्य गर्ने, कर्फ्यु को समयलाइ मध्य राति १२ देखि बिहान ५ बजे सम्म लागु गर्ने र खेलकुद क्षेत्रमा सुधार गर्ने निर्णय भएको स्वास्थ्य मंत्री कोंस्तातिनुस आयान्नु ले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो।

आगामी १७ मे तारिख सोमबार देखि कुनै पनि बाहिरि गतिविधि गर्नका लागि सेफ पास आवश्यक नपर्ने स्वास्थ्य मंत्रीले जानकारी दिए। महामारिको सुधारउन्मुख अवस्था र कोभिड १९ विरुद्दको भ्याक्सिनेसन कार्यमा वृद्धि भएकोले  यो हप्ता मात्रै लागु भएको सेफ पास नियममा लचकता दिइएको हो।

साथै, रातमा लाग्दै आएको कर्फ्यु को समय पनि घटाइको छ।  हाल राति ११ बजे देखि लाग्दै आएको कर्फ्यु सोमबार देखि भने मध्यराति १२ बजे बाट लाग्नेछ।

इन्डोर गतिविधिका लागि भने  सेफ पास अनिवार्य गरिएको छ  जुन १२ वर्ष उमेर भन्दा माथिका व्याक्तिका लागि जरुरी छ।  क्याफे, रेस्टुरेन्ट, बार बाहिर बसेर सेवा लिनेको लागि साथै आउटडोर सिनेमा/ एम्पिथियटर मा सेफ पास देखाउन नपर्ने बताइएको छ।

यदपि सरकारको यो  कदमले  ग्राहकहरु आफ्नो  व्यवसाय तिर विकर्षण हुने चिन्ता व्यक्त गर्दै  होटेल रेस्टुरेन्ट संचालकले  भने निराशा व्यक्त गरेका छन्।

रेस्टुरेन्ट, क्याफे ,टुरिस्ट क्याम्प, पार्टी प्यालेस, होटेलमा  डिनर वा लन्च मा स्वास्थ्य प्रोतोकोलको पालना गर्दै  बढीमा २०० जना सम्म जम्मा हुन् सक्ने अनुमति दिइएको छ।

त्यस्तै, वैवाहिक समारोह, पास्नी र मलामी जाँदा पनि बढीमा २०० जना सम्म भेला हुन सक्ने साथै  धार्मिक स्थलहरुमा पनि ३० % भक्तजनका साथमा धार्मिक समारोह, प्रार्थना, पुजाआजा गर्न सकिने व्यवस्था गरिएको छ। इन्डोर आयोजना हुने जुन सुकै कार्यक्रम, समारोह भने सेफ पास अनिवार्य गरिएको छ।

आगामी जुन महिनाको १० तारिख बाट भने नाइट क्लब पनि संचालन हुने घोसना गरिएको छ।  सिप्रियट नागरिक “नाइट लाइफ” लाई “लाइफलाइन ” जस्तै लिने गर्दछन।

आगामी जुन महिनाको अन्तिम सम्म साइप्रस को कुल जनसंख्याको ६० % नागरिकलाई कोभिड १९ विरुद्दको खोप लगाइ सक्ने लक्ष्य पुरा गर्ने सरकारी तयारी छ।

 

कहाँ जान सेफ पास अनिवार्य गरियो त ?

इन्डोर थियटर, सिनेमा, कार्यक्रम हल र  पार्टी प्यालेसमा जान, धार्मिक स्थल भित्र, सपिङ्ग मल भित्र जान, ५०० स्वायर मिटर भन्दा ठुला  खुद्रा व्यापार हुने पसल मा जान , वैवाहिक समारोह, मलामी, टाउन हल लगायतका इन्डोर जिम, डान्स स्कुल, नर्सिङ्ग होम, वृद्धाश्रम, एम्पिथियटर, भोजन स्थल , क्यासिनो , विभिन्न कन्फ्रेन्स र व्यापार मेला मा जान सेफ पास अनिवार्य  देखाउनु पर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

कहाँ जादा सेफ पास आवश्यक पर्दैन ?

हेयर ड्रेसर, ब्युटी पार्लर, बैंक जादा सेफ पास आवश्यक पर्दैन।  साथै, फलफुल पसल, सुपर मार्केट, बेकरी, मासु पसल, माछा बजार, मिनी मार्केट, कियोस्क , फार्मेसी, हाट बजार ,समुन्द्र किनार, पिकनिक एरिया, ड्याम,पार्क, मारिना , स्क्वायर , जुवा र बेटिङ्ग सप र चिडियाखाना जान पनि सेफ पास आवश्यक पर्दैन।

 

यो पनि पढ्नुहोस् :

आमालाई मारेर धड्किरहेको मुटु काटेर निकाल्ने युवती अदालतमा खित्का छोडेर हाँसेपछि…

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *