कोरोनासाइप्रस न्युज

शनिवार थप १५७ मा कोरोना संक्रमण, के हो सेफ पास ?

शेयर गर्नुहोस्

समिम मियाँ

१५ मे २०२१/ लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले आज १५७ जना कोरोना संक्रम्नित भेटिएको जानकारी  दिएको छ। देश भरि आज गरिएको पिसिआर र र्यापिड गरि ९८,३३८ टेस्ट गरिएको थियो।  आज थप भएका संकमित सहित आज सम्म ७०,८९९ जनामा कोरोना पुष्टी भएको छ।

लकडाउन खुल्ला गरीए पछि कोरोना वृद्धि को क्रम दैनिक घटी रहेको छ।  सरकारले खोप कार्यक्रम र नि: शुल्क टेस्टलाई अत्यन्त तिव्र गरेको छ।

आज गरिएको लार्नाका र पापोस एयरपोर्टबाट २,१७१ टेस्ट मध्य ३ जना, व्याक्तिगत पहलबाट २१९६ टेस्ट  मध्य ४५ जना, जनरल हस्पिटल ल्याबबाट १५४ टेस्ट मध्य ६ जना, प्राइभेट डाक्टरको रिफर गरिएका १४६ मध्य एक जना र ७७३७३ र्यापिड टेस्ट मध्य ९५ जनामा संक्रमण भेटिएको हो।  कन्ट्रयाक ट्रेसिंगमा पारेका २९९ को टेस्ट गर्दा भने कोहि मा पनि संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ।

जिल्ला अनुसार कोरोना संक्रमित पुस्टि भएको संख्या
स्थान 
 संक्रमण  पुष्टी  भएको संख्या
लार्नाका 14
लिमासोल 30
निकोसिया 28
पापोस 8
फामागुस्ता 8
नेशनल गार्ड क्याम्प 0
Closed structures 7

यता, अस्पताल भर्ना हुने को संख्यामा पनि कमि आएको छ।  देश भरिका हस्पिटलबाट कोरोनाका बिरामी निको हुदै फर्किएका ताजा तथ्यांकले देखाएको छ।  अहिले कोभिड अस्थाई अस्पतालको रुपमा प्रयोग गरिएको फामागुस्ता जेनेरल हस्पिटल मा ३० जनाको उपचार भै रहेको छ जसमध्य ४ जना आइसीयु मा छन्।  त्यस्तै, निकोसिया जेनेरल हस्पिटलमा पनि ३१ जना, लिमासोल जेनेरल हस्पिटलमा ३३ जना, मकारियों हस्पिटलमा २ जना, १४ जना लार्नाका हस्पिटल र १० जना पापोस जेनेरल हस्पिटलमा उपचार गराइरहेका छन्।

लकडाउन खुले पनि सतर्क रहन र सुरक्षाका मापदण्ड अपनाउन सरकारले अनुरोध गरेको छ।  घर , बिल्डिंग बाहिर र खुल्ला मा हुने कुनै पनि गतिविधिका लागि कुनै प्रकार को अनुमति आवश्यक पर्दैन भने इन्डोर स्थान मा भने गतिविधिका लागि भने सेफ पास अनिवार्य गरिएको छ।

के हो सेफ पास ?

नयाँ सेफ्टी सिस्टम अन्तर्गत कुनै पनि व्याक्ति निश्चित स्थानमा हिड्न कोभिड सर्टिफिकेट आवश्यकता  पर्ने बताइएको छ जसलाई सरकारले   “सेफ पास” को नाम दिएको छ। यो सर्टिफिकेट साइप्रस नागरिक को लागि यो महिना सम्म मात्र लागु हुनेछ भने पुरै युरोप को लागि पनि यस्तै किसिमको डिजिटल सर्टिफिकेट “ग्रीन पास “जुन महिना बाट सुरु हुन लागेको हो।  “ग्रीन पास लागु भए पछि भने सेफ पास सम्भवत प्रतिस्थापन हुनेछ।

सरकारी टोलि वा सरकारी मान्यता प्राप्त अस्पताल वा ल्याब बाट ७२ घण्टा भित्र प्रमाणित गरिएको नेगेटिभ  र्यापिड एण्टिजेन/ पिसिआर टेस्ट  रिपोर्ट वा नेगेटिभ रिपोर्ट आएको एस.एम.एस  देखाउनु पर्ने हुन्छ।  वा  कम्तिमा एक डोज कोरोना विरुद्धको भ्याक्सिन लगाएको ३ हप्ता समय भएको भ्याक्सिन सर्टिफिकेट वा पछिल्लो छ महिनामा कोरोना संक्रमित पुष्टी भएको प्रमाण वा हालै साइप्रस प्रवेश गरेको भए साइप्रस फ्लाइट पास देखाउनु पर्ने हुन्छ। कोभिड संक्रमण पश्चात हस्पिटल बाट  निको भएर फर्कने लाई स्वास्थ्य मन्त्रालयबाट एसएमएस र सेफ पास प्राप्त हुनेछ भने एसएमएस को भ्यालीडिटि १८० दिनको हुनेछ।  यी सबै एसएमएस र प्रमाणहरुलाई  सेफ पास अन्तर्गत पर्दछन्।

आगामी १७ मे तारिख सोमबार देखि कुनै पनि बाहिरि गतिविधि गर्नका लागि सेफ पास आवश्यक नपर्ने स्वास्थ्य मंत्रीले जानकारी दिए। महामारिको सुधारउन्मुख अवस्था र कोभिड १९ विरुद्दको भ्याक्सिनेसन कार्यमा वृद्धि भएकोले  यो हप्ता मात्रै लागु भएको सेफ पास नियममा लचकता दिइएको हो।

साथै, रातमा लाग्दै आएको कर्फ्यु को समय पनि घटाइको छ।  हाल राति ११ बजे देखि लाग्दै आएको कर्फ्यु सोमबार देखि भने मध्यराति १२ बजे बाट लाग्नेछ।

इन्डोर गतिविधिका लागि भने  सेफ पास अनिवार्य गरिएको छ  जुन १२ वर्ष उमेर भन्दा माथिका व्याक्तिका लागि जरुरी छ।  क्याफे, रेस्टुरेन्ट, बार बाहिर बसेर सेवा लिनेको लागि साथै आउटडोर सिनेमा/ एम्पिथियटर मा सेफ पास देखाउन नपर्ने बताइएको छ।

यदपि सरकारको यो  कदमले  ग्राहकहरु आफ्नो  व्यवसाय तिर विकर्षण हुने चिन्ता व्यक्त गर्दै  होटेल रेस्टुरेन्ट संचालकले  भने निराशा व्यक्त गरेका छन्।

रेस्टुरेन्ट, क्याफे ,टुरिस्ट क्याम्प, पार्टी प्यालेस, होटेलमा  डिनर वा लन्च मा स्वास्थ्य प्रोतोकोलको पालना गर्दै  बढीमा २०० जना सम्म जम्मा हुन् सक्ने अनुमति दिइएको छ।

त्यस्तै, वैवाहिक समारोह, पास्नी र मलामी जाँदा पनि बढीमा २०० जना सम्म भेला हुन सक्ने साथै  धार्मिक स्थलहरुमा पनि ३० % भक्तजनका साथमा धार्मिक समारोह, प्रार्थना, पुजाआजा गर्न सकिने व्यवस्था गरिएको छ। इन्डोर आयोजना हुने जुन सुकै कार्यक्रम, समारोह भने सेफ पास अनिवार्य गरिएको छ।

आगामी जुन महिनाको १० तारिख बाट भने नाइट क्लब पनि संचालन हुने घोसना गरिएको छ।  सिप्रियट नागरिक “नाइट लाइफ” लाई “लाइफलाइन ” जस्तै लिने गर्दछन।

आगामी जुन महिनाको अन्तिम सम्म साइप्रस को कुल जनसंख्याको ६० % नागरिकलाई कोभिड १९ विरुद्दको खोप लगाइ सक्ने लक्ष्य पुरा गर्ने सरकारी तयारी छ।

 

कहाँ जान सेफ पास अनिवार्य गरियो त ?

इन्डोर थियटर, सिनेमा, कार्यक्रम हल र  पार्टी प्यालेसमा जान, धार्मिक स्थल भित्र, सपिङ्ग मल भित्र जान, ५०० स्वायर मिटर भन्दा ठुला  खुद्रा व्यापार हुने पसल मा जान , वैवाहिक समारोह, मलामी, टाउन हल लगायतका इन्डोर जिम, डान्स स्कुल, नर्सिङ्ग होम, वृद्धाश्रम, एम्पिथियटर, भोजन स्थल , क्यासिनो , विभिन्न कन्फ्रेन्स र व्यापार मेला मा जान सेफ पास अनिवार्य  देखाउनु पर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

कहाँ जादा सेफ पास आवश्यक पर्दैन ?

हेयर ड्रेसर, ब्युटी पार्लर, बैंक जादा सेफ पास आवश्यक पर्दैन।  साथै, फलफुल पसल, सुपर मार्केट, बेकरी, मासु पसल, माछा बजार, मिनी मार्केट, कियोस्क , फार्मेसी, हाट बजार ,समुन्द्र किनार, पिकनिक एरिया, ड्याम,पार्क, मारिना , स्क्वायर , जुवा र बेटिङ्ग सप र चिडियाखाना जान पनि सेफ पास आवश्यक पर्दैन।

 

यो पनि पढ्नुहोस् :

आमालाई मारेर धड्किरहेको मुटु काटेर निकाल्ने युवती अदालतमा खित्का छोडेर हाँसेपछि…

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *