साइप्रस न्युज

लिमासोलमा एक व्याक्ति मृत फेला, कार दुर्घटनमा पनि एकको ज्यान गयो

शेयर गर्नुहोस्
१६ मे २०२१/साइप्रस

लिमासोलको जर्मोसोयामा एक व्याक्ति मृत फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार आइतबार  जर्मोसोयामा स्थित एक अपार्टमेन्टमा मृत फेला परेको हो।  मृतक बुल्गेरियाका नागरिक हुन सक्ने बताइएको छ।

मृतक फेला परेको स्थान मा झगडा भएको सुचना आए पछि प्रहरी पुगेको थियो। मृतकलाइ  चक्कु प्रहर गरि हत्या गरिएको बताइएको छ।  लिमासोल सीआइडि ले घटनाको अनुसन्धान सुरु गरि अपराधीको खोजि रहेको छ।

कार दुर्घटनमा पनि एकको ज्यान गयो, एक घाइते

लिमासोलमा कार दुर्घटना हुदा एक को मृत्यु  हुनुका साथै अर्को एक घाइते भएका छन्।  आइतबार बिहान लिमासोल जिल्लाको मन्दारिया देखि कोइलानि जाने क्रममा कारमा सवार  ६८ वर्षीय श्रीमानको मृत्यु भएको हो भने मृतक कि ६९ वार्सिया श्रीमती घाइते भएकी प्रहरीले जनाएको छ। दुर्घटनामा सो कार  सडक बाट १५ मिटर तल खसेको थियो।

car accident in limmassol
photo courtsy : Cyprustimes

लिमासोल ट्राफिक युनिटका अनुसार कारले नियन्त्रण गुमाए पछि दुर्घटना भएको हो, दुर्घटनाको प्रकृति हेर्दा चालकले सिट बेल्ट नलगाएकोले चालक  कार बाहिर  उछिट्टिएर निस्किनाले घटनास्थल मै मृत्यु भएको हो।

प्रहरीले ट्राफिक नियम पालना गरेर सवारी साधन चलाउन आग्रह गरेको छ।

news source: Cyprus times and Cyprus mail

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *