साइप्रस न्युज

लिमासोल हत्याका ४ जना आरोपी पक्राउ, आइतबार भएको थियो हत्या

शेयर गर्नुहोस्

 समिम मियाँ

१७ मे २०२१/ लिमासोल

लिमासोलमा बुल्गेरियन नागरिकको  हत्या भएको  भोलि पल्टै प्रहरीले ४ जनालाई हत्याको आरोपमा पक्राउ गरेको छ।  ३६ वर्षीय को आइतबार लिमासोलको जर्मोसोया स्थित एक अपार्टमेन्टमा चक्कु प्रहार गरि हत्या भएको थियो।  मृतक साइप्रसका पीआर लिएका बुल्गेरियन नागरिक बताईए पनि बुल्गेरियन कन्सुलेट बाट अझै पुस्टि भएको छैन।

मृतक ल्युबिषा रिस्तोसकी

प्रहरीका अनुसार रिस्तोसकी आफ्ना २ साथी संग अर्का साथीको अपार्टमेन्ट पुगेका थिए । रिस्तोसकी संग  ३५ वर्षीय पुरुष र ३१ वर्षीय महिला गएको बुझिएको छ।  उनीहरुले सो अपार्टमेन्टमा लागुपदार्थ प्रयोग गरेको खुल्न आएको छ। लागु पदार्थ प्रयोग प्रस्चात उनीहरु बीच झगडा भएको र मृतकले चक्कु देखाएर धम्काएको बताइएको छ।

अदालतमा हत्या बारे आरोपीले घटनाक्रम बताएका थिए। रिस्तोसकी संग गएका  ३५ वर्षीय पुरुष र ३१ वर्षीय महिला बीच झगडा  भए पछि अपार्टमेन्टका अन्य २ साथीले छुट्टयाउने कोसिस गरेका भए पनि रिस्तोसकी संग गएका ले नै  चक्कु प्रहार गरि घाइते पारेर भागेको आरोपीले बताए।

अपार्टमेन्टका मालिक ले प्रहरीलाई खबर गरि घटनास्थलमा प्रहरी पुग्दा रिस्तोसकी को मृत्यु भएको प्रहरीले बताएको छ।  हत्या गर्ने जोडी मध्य एकलाइ प्रहरीले आइतबार साझं नै पक्राउ गरि सोमबार बिहान अदालतमा पेश गरेको  हो।  अदालतले ८ दिन को लागि प्रहरी हिरासतमा  राख्ने आदेश दिएको छ तर अर्की आरोपी  ३१ वर्षीय महिला अझै पनि लागुपदार्थ को नशामा नै रहेका कारण हस्पिटलमा भर्ना गरि राखिएको बताइएको छ।

पक्राउ परेका आरोपीहरु “हिस्ट्रीसिटर”  रहेको प्रहरीले जनाएको छ।  मृतक को टाउको र ज्यान मा  चोट छ भने पोस्ट मार्टम भए पछि नै मृत्यु को कारण थाहा हुने छ।

news courtsy : cyprusmail

लिमासोलमा एक व्याक्ति मृत फेला, कार दुर्घटनमा पनि एकको ज्यान गयो

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *