प्रवास

गुल्मी समाज भिक्टोरियाद्वारा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग अभियान संचालन

शेयर गर्नुहोस्

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्दै आएका गुल्मेलीहरुको साझा संस्था हो, गुल्मी समाज भिक्टोरिया। गुल्मी समाज भिक्टोरियाले नेपाली कला संस्कृतिको प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम गर्नुका साथै नेपालमा सहयोग गर्नका लागि विभिन्न अभियान संचालन गर्दै आएको छ।

नेपालमा अहिले कोरोना महामारी फैलिएको छ। यो महामारीबाट गुल्मी जिल्ला पनि अछुतो रहेन। जिल्लामा अक्सिजन प्लान्ट नभएका कारण बिरामीहरुले अक्सिजनको अभावमा या समयमा उपचार नपाउँदा ज्यान गुमाइरहेका छन्।

यस्तो कठीन परिस्थितिमा अक्सिजन अभाव हुन नदिन र दिर्घकालिन अवस्थालाई मध्यनजर गर्दै अक्सिजन प्लान्टको स्थापना गर्नका लागि नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान संचालन गरेको छ।

गुल्मी समाज भिक्टोरियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले आफ्नो ठाउँप्रतिको कर्तव्यबोध गर्दै उक्त अक्सिजन अभियानमा हातेमालो गर्ने बताउनुभएको छ। उहाँले यस अभियानमा साथ दिंदै सहयोग गर्नुहुन सबैलाई आग्रह समेत गर्नुभएको छ। सहयोग गर्न चाहनेहरुका लागि
Gulmi Samaj Victoria Australia
BSB – 083405
AC no- 356617458

यो पनि पढ्नुहोस् : नेपालमा स्वास्थ्य सामग्री पठाउन एनआरएनए साईप्रसद्धारा सहयोगको आह्वान 

नेपालमा स्वास्थ्य सामग्री पठाउन एनआरएनए साईप्रसद्धारा सहयोगको आह्वान

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *