साइप्रस न्युज

साइप्रसमा आज एक को मृत्यु १६७ जना मा कोरोना

शेयर गर्नुहोस्

समिम मियाँ

१८ मे २०२१/ लिमासोल

पछिल्लो २४ घन्टामा साइप्रसमा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ भने थप १६७ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  आज  पिसिआर र यापिड गरि ४५,५९८ टेस्ट गरिएको थियो। जसमध्य ५१९४ पिसिअर प्रविधि बाट जांच गरिएको हो।   संक्रमण संगै पोजेटिभिटि रेट ०.३७ प्रतिशत पुगेको छ।

आज मृत्यु भएका ६७ वर्षीय वृद्ध रहेको बताइएको छ। कोरोनाका कारण आज सम्म ३४८ ले ज्यान गुमाई सकेका छन्। देश भरिका  हस्पिटलमा १४८ जना कोभिड बिरामी  भर्ना भएका छन् जस मध्य ४९ जना को अवस्था गम्भीर रहेको छ।

आज कन्ट्याक्ट ट्रेसिङ्ग मार्फत टेस्टमा परेका २५७ जना मध्ये २४ जनामा  कोरोना पोजेटिभ देखिएको छ। एयरपोर्टमा लिइएका २,०९६ नमुना मध्य ४ मा कोरोना संक्रमण पाइएको छ भने व्याक्तिगत रुपमा परिक्षण गराएका २४२५ मध्य ३६ जनामा संक्रमण भेटिएको हो।

यो पनि पढ्नुस :लकडाउन खुकुलो पारिएपछि अस्ट्रेलियामा भिरिंगी रोगको महामारी, नयाँ संक्रमण २२० प्रतिशत वृद्धि

हस्पिटल ल्याबले गरेको परिक्षणबाट १० जना, र व्याक्तिगत डाक्टरको सिफारिसले गरिएको १०८ टेस्ट मध्य एक र फार्मेसीहरु ले गरेको ८११ र्यापिड टेस्ट बाट ४ जनामा  मा कोभिड-१९  पोजेटिभ देखिएको हो।

सरकारले चलाएको टेस्ट अभियान अन्तर्गत गरिएको  ३९,५९३ टेस्टबाट ८८ जनामा पनि संक्रमित भएको पाइएको छ।

अहिले सम्म एकदमै कम कोरोना भेटिने र पोजेटिभिटि रेट कम हुनेमा पापोस परेको छ।  जहाँ ३५७३ टेस्ट गर्दा जम्मा एक पोजेटिभ मात्र भेटिएका हुन्। तर लिमासोल को रेट भने देश भरिका अन्य को तुलनामा  उच्च रहेको छ। ८२९८ परिक्षण गराउदा यहाँ ३९ जना कोरोना पोजेटिभ पाइएका छन् जुन ०.४७ प्रतिशत हुन् आउछ।  निकोसिया ०.१८ %, लार्नाका ०.३८ % र फामागुस्ता ०.१७ % पोजेटिभिटि रेट रहेको छ।

आज वृद्धाश्रमबाट १ जना र स्कुलहरु बाट ३ जनामा कोरोना भेटिएको छ।  गत वर्ष देखि हाल सम्म कोरोना बाट संक्रमित हुनेको संख्या ७१,३९८ पुगेको छ।

सरकारले कोरोना संक्रमण गर्न टेस्तिङ्ग र खोप कार्यक्रमलाई तीव्रता दिएको छ।

वुधबार ७८ स्थान मा निशुल्क टेस्ट हुदै छ।  यस बारे पुरा जानकारी पाउन यहाँ क्लिक गर्नुहोस।  

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *