कोरोनासाइप्रस न्युज

नेपालीमा भेटियो इण्डियन भेरियन्टको कोरोना, साइप्रसमै पहिलो केस भएको पुष्टी

शेयर गर्नुहोस्

समिम मियाँ 

१९ मे २०२१/ लिमासोल 

साइप्रसमा  पहिलो पटक कोभिड १९ को इण्डियन भेरियन्ट भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  बुधबार दिएइको जानकारी अनुसार ४ जना पोजेटिभ भेटिएका व्याक्तिबाट लिइएको  नमुनामा सो भेरियन्ट भेटिएको हो। साथै, थप २ जनामा पनि साउथ अफ्रीकन भेरीयन्ट र युके भेरीयन्ट पनि  पाइएको छ।

महामारीको यो अवस्थामा हाल विश्व भरि विभिन्न देशमा कोरोना भाइरसले आफ्नो स्वरुप बदलेको छ। नयाँ स्वरूपका भाइरसहरू   ब्रजिल, दक्षिण अफ्रिका र यूकेपछि भेटिएको भारतीय भेरिअन्ट छिटो फैलिने मात्र नभई बढी सङ्क्रामक समेत भएको अध्ययनहरूले देखाएका छन्। कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टले विश्वमा चक्कर लगाइरहेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत वर्षको अक्टोबर महिनामा भारतमा पहिलो पटक बी.१.६१७.१  र बी.१.६१७.२  भेरिअन्ट पुष्टि भएको थियो। डब्ल्यूएचओले मे १२ तारिखमा जनाएअनुसार त्यो दिनसम्म ४४ वटा देशमा उक्त भेरिअन्ट देखिएको थियो।

निलो रंग मा देखिएको कोरोना को नयाँ भेरियनट हो।

अरू दुईवटा भेरिअन्टमा देखिसकिएको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन एउटैमा देखिँदा त्यो उत्परिवर्तित प्रकारलाई डबल म्यूटन्ट भेरिअन्ट भनिन्छ।युरोपसहित विश्वका ५० भन्दा बढी देशमा फैलिएको यूके भेरिअन्ट र भारतमा पहिलोपटक पहिचान भएको डबल म्यूटन्ट भेरिअन्ट पहिचान भएका छन्। तीव्र गतिमा भाइरस उत्परिवर्तन हुँदै जाँदा एक पटक सङ्क्रमित भइसकेपछि वा कोभिड-१९ विरुद्धको खोपबाट बन्ने प्रतिरोध क्षमतालाई तिनले छल्न सक्ने जोखिम भएको जनस्वास्थ्यविद्हरू बताउँछन्।

भारतमा फैलिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट साइप्रस मा पहिलो पटक पत्ता लागेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संकलित  नमुनाहरु स्पेसल टेस्टका लागि  रोग रोकथाम र नियन्त्रणका लागि यूरोपीयन केन्द्र ( इसीडिसि) मा पठाइएको थियो। जसमध्य ४ नमुनामा भारतीय भेरिअन्ट, २ मा साउथ अफ्रीकन भेरीयन्ट र  १३१ नमुना मा युके भेरीयन्ट रहेको पुष्टी भएको हो।

ति सबै नमुनाहरु मुख्य:तय अप्रिल महिनामा देखिएका संक्रमितबाट लिईएको मन्त्रालयले बताएको छ।

” भारतीय र अफ्रिकन भेरीयन्ट देखिएका नमुनाहरु ‘ ग्रे क्याटेगोरी’ का देश बाट आएका बाट पत्ता लागेको हो , उनीहरु स्पेशल परमिट लिएर आएका थिए ” , स्वास्थ्य मंत्री कोंस्तान्तिनुस आयान्नु ले भने।
मन्त्रालयका अनुसार  संक्रमितहरु मध्य १ जना नेपाल बाट , ३ जना भारतबाट, एक पाकिस्तान र एक फिलिपिन्स बाट आएका थिए।  उनीहरुलाई १४ दिन को लागि होटेल क्वारेन्टाइन राखिएको भए पनि पुन: परिक्षणमा पोजेटिभ देखिए पछि सरकारी मातहतको  स्पेशल क्वारेन्टाइन मा ट्रान्सफर गरिएको बताइएको छ।  मन्त्रालयका अनुआर उनीहरु कसैलेको “कन्ट्याक्ट” आएका छैनन्।

“ग्रे क्याटेगोरि” मा परेका देशबाट आउने यात्रुले १४ दिन अनिवार्य होटेल वा होम  क्वारेन्टाइन बस्नु पर्ने हुन्छ।  साथै, आगमन भन्दा  ७२ घण्टा अघि कोभिड टेस्ट गरेको रिपोर्ट पेश गर्नु पर्ने हुन्छ भने आइसकेको १२ दिन पछि पुन: परिक्षण गरेर नेगेटिभ रिपोर्ट स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्ने नियम छ।  ग्रे क्याटेगोरी (स्पेशल परमिट) लिनु पर्ने देश कुन कुन हुन् हेर्न यहाँ क्लिक गर्नुहोस्।     

स्वास्थ्य मन्त्रालयले सकारात्मक भएर खोप लगाई समुदायमा  भाइरसको संक्रमण फैलिन नदिन र महामारीको अवस्थालाई थप बिग्रिन नदिन सहयोग गर्न आह्वान गरेको छ।

शुक्रबार कोरोना को र्यापिड टेस्ट कहाँ हुन्छ ?यो पनि पढ्नुहोस् : 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *