कोरोनासाइप्रस न्युज

साइप्रस कोरोना अपडेट : २ को मृत्यु, थप १३५ मा कोरोना पुष्टी

शेयर गर्नुहोस्

समिम मियाँ

२१ मे २०२१/ लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको जानकारी दिएको छ।  शुक्रबार जारी विज्ञप्ति अनुसार कोरोनाका थप १३५ जना संक्रमित पनि फेला परेका छन्।  बिहिबार ७७ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो। शुक्रबार दिन भरिमा देश भरिमा ७९,५४५ पिसिआर र र्यापिड टेस्ट गरिएको थियो।

कोरोनका कारण आज मृत्यु हुनेमा ६८ र ७५ वर्षीय वृद्ध रहेको मन्त्रालयले जानकारी दिएको छ।  गत वर्ष देखि हाल सम्म कोभिडका कारण ३५२ जनाले ज्यान गुमाई सकेका छन्।  मन्त्रालयले मृत्यु भएका व्याक्ति कोभिड को खोप लिएका हुन् या होइनन भनेर खुलाएको छैन यदपि मृतक को स्वास्थ्य अवस्था पनि नखुलाउने नीति अपनाएको बताइएको छ।

आज पाइएका संकमित को सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा ३१ जनामा कोरोना पोजेटिभ पाइयो भने व्याक्तिगत रुपमा टेस्ट गराउन जाने मध्य १३ जना, सरकारी हस्पिटल ल्याब बाट टेस्ट गर्दा ६ जनामा संक्रमित पाइएको हो।

प्राइभेट ल्याब र फार्मेसी ले गरेको टेस्टबाट १० जनामा पनि संक्रमण पुष्टी भएको हो। गत वर्ष देखि हाल सम्म संकमित को संख्या ७१,७४५ पुगिसकेको छ।

देश भरिका हस्पिटल मा अहिले १२० जना भर्नारत छन् जसमद्य ४८ जना को अवस्था निकै गम्भीर रहेको छ भने २८ जना आइसियु मा छन्।

उत्तरी साइप्रसमा पनि ७४६० टेस्ट गरिएको मध्य १९ मा कोरोना देखिएको बताइएको छ।

 

साइप्रसमा नेपालीले कोरोनाको खोप लगाउन के गर्नु पर्छ ?

साइप्रस सरकारले कोभिड १९ विरुद्धको रास्ट्रिय खोप कार्यक्रम अन्तर्गत “गेसी ” जेनेरल हेल्थकेयर सिस्टम मा दर्ता नभएका ब्याक्तिले इच्छाएको खण्डमा  खोप लिन सक्ने व्यवस्था मिलाएको छ। कोभिड १९ भ्याक्सिन पोर्टल मा रजिस्टर नभएका ब्याक्तिले स्वास्थ्य मन्त्रालयको निम्न इमेल ठेगानामा रित पुर्वक भरेको डकुमेन्ट सहित परिचय खुल्ने कागजात पठाएर दर्ता गराई आफुलाई पायक पर्ने मिति, समय र खोप सेन्टर रोज्न सक्ने छ।

कोभिड पोर्टल मा दर्ता गर्न पिङ्क कार्ड, आइडी कार्ड, एलियन कार्ड वा पासपोर्ट साथै सम्भव भए मेडिकल कार्ड पनि राखेर स्वास्थ्य मन्त्रालयको इमेल  [email protected], वा हुलाक मार्फत  1 Prodromou and 17 Chilonos, 1449 Lefkosia यो ठेगानामा वा आफै उपस्थित भएर स्वास्थ्य मन्त्रालयको मेडिकल कार्ड डिपार्टमेन्ट 1 Prodromou and 17 Chilonos, Lefkosia मा पठाउन सकिन्छ।

साथै, तपाइँ को आफ्नो पर्सनल डाक्टर मार्फत पनि भ्याक्सिन पोर्टल मा एपोइण्टमेन्ट लिन सकिन्छ।  पर्सनल डाक्टर मार्फत एपोइन्त्मेन्त लिदा भने डाक्टरले छानेको मिति र समयमा मात्रै खोप लगाउन जान सकिनेछ।

खोप लगाउन जान यो डकुमेन्ट भर्नु पर्ने हुन्छ।

यो फारम भरेर आफ्नो परिचय खुल्ने कुनै पनि आइडी पासपोर्ट पिङ्क कार्ड वा एलियन कार्ड को कपि साथ् मा राखेर स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्ने हुन्छ।

तपाई ले यो निवेदन पठाए पछि मन्त्रालयको तर्फ बाट मोबाइल मा कन्फर्म भएको म्यासेज आउछ।   यदि तपाइँ को मोबाइल मा म्यासेज आएन भने नागरिक सहायता कक्ष को फोन नम्बर १४७४ मा कल गरेर बुझ्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ

साइप्रसमा कति किसिमका  खोप उपलब्ध छ ? 

कोरोना बिरुद्दको खोप लगाउन युरोपियन मेडिसिन एजेन्सी ले मान्यता दिएका  ५  किसिमका खोप छन्।  फ़ाइजर/बायोटेक , अस्ट्राजेनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सन

कुन खोप कति समयको फरकमा लगाइन्छ ?

फ़ाइजर/बायोटेक खोप २ डोज लगाइन्छ जुन ३ हप्ताको फरकमा २ पटक गरि लगाइन्छ। त्यस्तै, अस्ट्राजेनेका खोप पनि २ डोज लगाइन्छ तर यो ८ हप्ताको फरक मा २ पटक लगाइन्छ।  त्यस्तै, मोडेर्ना खोप पनि २ डोज लगाइन्छ तर यो २८ दिन को फरक पारेर लगाइन्छ र जोन्सन एण्ड जोन्सन खोप एक पटक लगाइन्छ जुन एक डोज को मात्र हुन्छ।

 

यो पनि पढ्नुहोस् : शनिवार कोरोना टेस्ट कहाँ कहाँ हुन्छ ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *