साइप्रस न्युज

तामाङ बौद्ध महासंघद्धारा लिमासोलमा पुजापाठ सम्पन्न

शेयर गर्नुहोस्

लिमासोल
तामाङ बौद्ध महासंघ साईप्रसले आइतबार लिमासोल २५६५ औ बुद्ध जयन्तीको अवसरमा पुजा पाठ सम्पनन गरेको छ । पुजापाठ कार्यक्रम साइप्रस मै कर्मभुमी बनाउदै आउनुभएका लामा निमा लामाद्वारा कार्यबिधी पुर्बक सम्पन्न गर्नुभएको थियो । लामा निमा लामादले बुद्ध मार्गको महत्व बारे छोटो प्रबचन दिनुका साथै साथै बुद्ध जयन्तीको शुभकामना दिदै उहाले तामाङ बौद्ध महासंघ साइप्रसद्वारा गरिएका उल्लेखनीय कामहरुको प्रसंशा गर्नुहुदै महासंघको कोषमा ५० युरो दान गर्नुभएको थियो ।

महासघंकी अध्यक्ष अध्यक्ष छिरिङ घले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवसीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतम , पोखरा समाज साईप्रसका प्रतिनिधि , महासघंकी प्रमुख सल्लाहकार हिरा तामाङ लगाएतले महामानव गौतम बुद्धको प्रचारप्रसार , बुद्धको ज्ञान बाडन कुनै पनि नेपालीहरु पछि पर्न नहुने बताउनु भएको थियो ।

साथै गैरआवासीय नेपाली सघं साईप्रसले अहवान गरेको नेपालमा अक्सिजन पठाऊ अफान्ति जोगाऊ महाअभियानमा १०५ युरो सहयोग गरेको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *