साइप्रस न्युज

बुद्धलाई चिनाउन सबै नेपालीहरु लाग्नुपर्ने तमु समाज साईप्रस

शेयर गर्नुहोस्

लिमासोल , साईप्रस , प्रवासी देश साईप्रसमा रहेका तमुहरुले महामानव गौतम बुद्धको जन्मज्यन्तिको अवसरमा पुजापाठ सम्पन् गरेको छ । समाजकी सुनिता गुरुगंका अनुसार साईप्रसमा बौद्धमार्गी तमुहरु मिलेर पुजापाठ गरिएको जानकारी दिनु भयो । साईप्रसमा गौतम बुद्धलाई प्रचार प्रसार गरेर विदेशीहरुलाई आफनो देश पठाएर नेपाल एक शान्तिको देश भनेर चिनाउन आफुहरु लागि परेको अध्यक्ष तमुले बताउनु भयो ।

उहाले कोभिडका कारण धेरै भिडभाड नगरिकन पुजा गरिएको जानकारी बताउनु भयो । समाजकी सचिव ल्होमे नानु गुरुगंका अनुसार पजापाठ गरे पश्चाप्त बुद्धको प्रसाद सबै नेपाली तथा यहाका साईप्रसका नागरिकहरुलाई वितरण गरेको बताईन ।

कार्यक्रमको सुरुमै अध्यक्ष सुनिताले पुजापाठ गरेपछि पुर्ब अध्यक्ष कृष्णा तमु ,उपाध्यक्ष यानीत्रि तमु , कोषाध्यक्ष प्रिया तमु , गैरआवसीय नेपाली सघं साईप्रसका प्रवक्ता तथा नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम , लगाएतले पुजापाठ गर्नुभएको सचिव नानुले जानकारी दिनुभयो । साथै गैरआवासीय नेपाली सघं साईप्रसले अहवान गरेको नेपालमा अक्सिजन पठाऊ महाअभियानका लागि १०५ युरो आर्थिक सहयोग गरिएको अध्यक्ष सुनिता तमुले बताउनु भयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *