देश विदेश

युवतीले अश्वेत युवकलाई अंकमाल गरेको तस्वीरले देशभर हंगामा

शेयर गर्नुहोस्

पछिल्लो समय एउटा तस्वीर भाइरल भइरहेको छ जसमा स्पेनकी २० वर्षकी एक स्वयंसेवकले एक आप्रवासीलाई सान्त्वना दिँदै उनलाई अंकमाल गरेकी छिन् । तर, यो तस्वीर स्पेनकै कैयौं मानिसहरुलाई मन परिरहेको छैन ।

फोटो सार्वजनिक भएपछि यी स्वयंसेवकलाई सामाजिक संजालमा ठूलो संख्यामा लज्जास्पद धम्कीहरु आउन थालेका छन् । यो तस्वीर स्पेनको सेउटाको हो । यहाँ समुद्र किनारमा २० वर्षकी रेडक्रस स्वयंसेवक लुना रेयेसले सेनेगलका एक अप्रवासीलाई सान्त्वना दिइरहेकी थिइन् ।
यो तस्वीर सामाजिक संजालमा भाइरल भयो त्यसपछि यसले स्पेनको एक वर्गमा ठूलो हलचल ल्याइदिएको छ । लुनामाथि लगातार नश्ल वादी टिप्पणी भइरहेका छन् । द गार्डियनका अनुसार स्पेनको दक्षिणपन्थी पार्टीका समर्थकहरुले उनलाई निशाना बनाइरहेका छन् । लुनामाथि उनीहरु खनिनुको एउटै कारण उनले सान्त्वना दिइरहेका व्यक्ति अश्वेत हुनु हो ।

लुनाले पनि यस विषयमा प्रतिििक्रया दिँदै भनेकी छिन् ‘उनी रोइरहेका थिए । मैले आफ्नो हात बढाएँ अनि उनले मलाई अंकमाल गरे । मलाई ती व्यक्तिको नाम पनि थाहा छेन । केवल यत्ति थाहा छ कि उनी सेनेगलबाट आएका थिए ।’

लुनाले एक टेलिभिजन च्यानलसँग कुरा गर्दै भनिन् ‘उनीहरुले मेरो अपमान गर्न बन्द गरेनन् र मलाई भयानक नश्लवादी कुराहरु भने ।’ लुनाका अनुसार उनी आफ्नो पढाइको साथसाथै गएको मार्चदेखि रेडक्रसको साथमा स्वेच्छाले काम गरिरहेकी छिन् ।

तस्वीर भाइरल भएपछि स्पेनमा ह्याशट्याग ग्रेसियासलुना ट्रण्ड गर्न लागेको थियो । स्पेनकी मन्त्री नादिया क्याल्भिनोले यस विषयमाटिप्पणी गर्दै लुनाले हाम्रो समाजको सर्वोत्तम मूल्यको प्रतिनिधित्व गरेको बताएकी छिन् ।

एक अन्य मन्त्रीले यो तस्वीरलाई आशा र एकजुटताको प्रतीक भनेका छन् ।

गोर्खे खुकुरीले टाउको छिनाइदिन्छु भने पछि सिरियामा १२ आतंककारीले गरे आत्मासमर्पण

लन्डन । युद्ध मैदानमा साहस र बहादुरीले ब्रिटिश गोर्खाको नाम विश्वभर उच्च छ । मर्न तयार हुन्छन् तर शत्रुका अगाडि कहिल्यै झुक्दैनन् उनीहरु ।

ब्रिटिश सेनाको स्पेशल एयर सर्भिस् (एसएएस) मा कार्यरत गोर्खाले आफ्नो बहादुरी प्रदर्शन गरेर गोर्खाको नाम पुनः उचो पार्न सफल भएका छन् । चारजना गोर्खाको समूहले सिरियामा १२ जना आतंककारीलाई जिउंदै समातेका ‘डेली स्टार’ ले जनाएको छ ।

सिरियाको सुरक्षित स्थलमा छापा मार्ने क्रममा ति गोर्खाहरुले खुकुरीको सहायताले टाउको छिनाइदिन्छु भन्दै चेतावनी दिएपछि आतंकवादी संगठन स्लामिक स्टेटका बन्दुकधारी आफ्ना हतियारहरु त्याग्न वाध्य भए ।आतंककारी लुकेर बसेका ठाउंमा दोभासेले भने, ‘ति गोर्खा नेपालको पहाडी भागबाट आएका हुन् । उनीहरु प्रसिद्ध योद्धा हुन् जो मर्न डराउंदैनन् र यदि उनीहरुले समाते भने खुकुरीले तिमीहरुको शिर छिनाउनेछन् ।’

त्यसपछि घरको झ्याल खुल्यो र आतंकारीहरुले हतियारहरु बाहिर फ्याँकेको रक्षा श्रोतलाई उल्लेख गर्दै डेली स्टारले जनाएको छ ।

यो पनि पढ्नुहोस् : कोरोनाका विरुद्द नेपाललाईअन्तर्राष्ट्रिय सहयोग, कुन देशले के–के दिए ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *