साइप्रस न्युज

साईप्रसको निकोसियामा आईतवार बुद्ध ज्यन्तिको पुजापाठ हुदै

शेयर गर्नुहोस्

युरोप , साईप्रस
शान्तिको अग्रदुत सिद्धार्थ गौतम बुद्वको २५६५ औं जन्म जयन्तिको अवसरमा निकोसियामा पुजापाठको आयोजना गर्ने भएको छ । आउदो आईतवार शेर्पा किदुक साईप्रसले निकोसियाको गुम्बा मा बिहान ११ बजे देखि मध्यान्ह २ बजे सम्म पुजापाठ गर्ने भएको छ भने तामाङ घेदुङले साइप्रसमा शान्ती पुजा निकोसियामै गर्ने भएको छ ।

शेर्पा किदुक साईप्रसकी अध्यक्ष ङिम दिकि शेर्पाका अनुसार बिश्वभर मानव जिवन अस्तव्यस्त बनाइरहेको यस महामारी कोभिड १९(को सामना गरिरहेको यो विसम परिस्थितिमा भगवान गौतम बुद्वको पुजापाठ गरि विश्वभर शान्ति एवं यस दुखद परिस्थितिको सामना गर्न सक्ने शक्तिको साथै यस महामारीलाइ सक्दो छिटो निर्मुल पार्नको निमित्त भगवान बुद्धको पुजापाठ सहित बुद्व जयन्ति मनाउन लागिरहेको जानकारी दिनुभयो । 

उता नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष लक्ष्मी ब्लोनका अनुसार २५६५ औं बुद्ध जयन्तीको शुभ अवसर पारेर निकोसियामा रहेको स्ट्रोभोलस स्थित सेफ हाउसमा बिशेष शान्ती पुजा कार्यक्रम आयोजना गरेको जानकारी दिएकी छिन ।

आज विहीवार विहान साईप्रस नेपाल डटकमसगंको संक्षिप्त कुराकानीमा अध्यक्ष ब्लोनले आफू बाचौँ र अरुलाई पनि बचाऔँ भन्ने उद्देश्यका साथ विश्वभर फैलिरहेको कोभिड – १९ लाई मध्यनजर गर्दै सहभागिता हुन चाहाने इच्छुकहरुले साइप्रस सरकारको नियमलाई उल्लंघन नगरी भौतिक दुरी कायम राख्दै अनिवार्य रुपमा माक्सको प्रयोग गरी सहभागि हुन आग्रह गर्नु भएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *