साइप्रस न्युज

तीन सर्त नमाने नेपाल आउँन नपाउने, विदेशबाट फर्किनेलाई यस्ता छन् तीन सर्त

शेयर गर्नुहोस्

जेठ १३, काठमाडौँ । नेपाल सरकारले जुन १८  तारिख देखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ ।

बिहिबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खोल्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको हो ।

हाललाई तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिएको छ ।

मन्त्रिपरिषदको वैठकले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निर्णय समेत गरेको छ । एउटा खोप मात्र लगाएका तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंकै होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ ।

खोप नलगाएकाहरुले ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट देखाएर नेपाल आउन पाउने तर १० दिन अनिवार्य आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

उड्डयन मन्त्रालयका अधिकारीहरुले यस अघिनै जुन १८  तारिख देखि हवाई उडान खोल्ने गरि तयारी गरिएको बताएका थिए । उडान खोलेपनि सामान्य अवस्थामा झैँ धेरै उडानहरु भने नहुने बताइएको थियो ।

अप्रिल २९  तारिख देखि निषेधाज्ञा लगाएको सरकारले मे ६  तारिख मध्य राति देखि भारतबाहेक सबै मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

तीन सर्त नमाने नेपाल आउँन नपाउने, विदेशबाट फर्किनेलाई यस्ता छन् तीन सर्त

| बिहिबार बसेको मन्त्रिपरिषद वैठकले चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान गर्ने निर्णय गरेको छ । सरकारले आगामी जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद वैठकले आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय गरेको छैन । अहिले नियमित उडान बन्द भएको अवस्थामा केहि चार्टर उडानहरु भईरहेका छन् । सरकारले चार्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेको भन्दै तीनवटा देशमा साताको एउटा मात्र उडान हुने गरी खोल्ने निर्णय गरेको जानकारी दिएको छ तर मलेसिया, साउदी र युएई लगायत देशमा समस्यामा परेका तथा अगाडीनै टिकट काटेर नेपाल फर्कन नपाएका नेपालीहरुलाई तत्काल नेपाल ल्याउने सम्बन्धमा भएको निर्णयबारे हालसम्म जानकारी प्राप्त भएको छैन ।

सरकारले विदेशबाट नेपाल आउनेहरुको लागि तीन बर्गिकरण गरेर व्यवस्थापन गर्ने भएको छ । जस अनुसार नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

पहिलो सर्त अनुसार दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ ।

त्यस्तै दोश्रो सर्त अनुसार कसैले एउटा मात्र खोप लगाएको छ र कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्ने छ । यस्तो क्वारेन्टाइन खर्च विदेशबाट आउने यात्रु आफैंले बेहोर्नुपर्ने हुन्छ ।

त्यस्तै तेश्रो सर्त अनुसार एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुहरुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । १० दिन होटल क्वारेन्टाइनमा बस्दाको खर्च बहने आफैले व्यहोर्नु पर्नेछ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “तीन सर्त नमाने नेपाल आउँन नपाउने, विदेशबाट फर्किनेलाई यस्ता छन् तीन सर्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *