साइप्रस न्युज

साइप्रसमा प्रतिबन्ध खुल्दै, डाइन इन देखि नाइट क्लब सबै खुल्ने

शेयर गर्नुहोस्

समिम मियाँ

२८ मे २०२१

साइप्रसका स्वास्थ्य मंत्री कोंस्तानिनुस आयान्नुले कोरोना का कारण लागेको विभिन्न प्रतिबन्धहरुलाई ३ चरण मा  फुकुवा गर्ने बताएका छन्। बिहिबार बसेको  मंत्रीपरिषद को बैठकले मे २९ देखि ३ चरणमा प्रतिबन्धहरु फुकुवा गर्ने निर्णय भएको बताएका हुन्।

पहिलो चरण अन्तर्गत २९ तारिख देखि कर्फ्युको समयलाई छोटो बनाइएको छ।  अहिले ११ बजे देखि ५ बजे सम्म लाग्दै आएको कर्फ्यु भोलि देखि  भने राति १ बजे देखि ५ बजे सम्म मात्र लाग्नेछ। साथै, दोस्रो चरण अन्तर्गत जुन १० देखि भने कर्फ्यु पुर्णरुपमा हट्ने छ।

जुन १ तारिख देखि भने घरमा २० जना सम्म जम्मा हुन सकिनेछ भने धार्मिक स्थल, क्यासिनो,कन्फ्रेन्स, व्यापारिक मेला, इन्डोर थियटर तथा एम्पिथियटर हाल र कार्यक्रम स्थलको क्षमताको पचास प्रतिशत व्याक्तिहरु उपस्थित हुन सकिने मन्त्रालयले बताएको छ। विबाह ,

स्वास्थ्य मापदण्डको पालना गर्दै रेस्टुरेन्टमा बसेर खान ‘डाइन इन’ सेवा सुरु गर्न सकिने भनिएको छ भने  जुन १० तारिख बाट सबै नाइट क्लब संचालनमा आउने छन्।  प्राइभेट कम्पनि र सार्वजनिक क्षेत्रमा ५० प्रतिशत कर्मचारी को उपस्थिति हुनु पर्ने नियम पनि हटाइने बताएको छ।

अहिलेका लागि भने सेफपास को नियम यथावत राखिएको छ। सेफपास अन्तर्गत १२ वर्ष भन्दा माथिका व्याक्तिले कम्तिमा  एक डोज  भाक्सिन लगाएको ३ हप्ता भित्र को सर्टिफिकेट वा कम्तिमा छ  महिना भित्रमा  कोरोना संक्रमित भएको प्रमाण देखाउनु पर्ने छ। संक्रम्नित भएको देखाउन सरकारले पठाएको एसएमएस प्रमाणको रुप मा देखाउन सकिनछ।

यदपि बिहिबार स्वास्थ्य मन्त्रालयले यस बारे स्पस्ट पार्दै ७२ घण्टा भित्र पिसिआर वा र्यापिड टेस्ट गरेको कोरोना नेगेटिभ रिपोर्ट  वा एसएमएस  रिपोर्ट देखाउन सकिने बताइएको छ।  साइप्रस आएका भर्खरका लागि भने साइप्रस फ्लाइट पास देखाउदा पनि हुने मन्त्रालयले बताएको छ।

जुन १ देखि १४ सम्म भने रेस्टुरेन्ट होटेल वा पार्टी प्यालेस भित्र  विवाह, छट्टि, भोज गर्दा १५० जना र बाहिर गर्दा  २८० जना सम्म जम्मा हुन् सकिने बताइएको छ भने जुन १५ देखि ३० तारिख सम्म हल  भित्रको समारोहमा  २५० र बाहिर ३५० जना सम्म उपस्तिथी हुन सकिने छ।  जुन महिना को पुरै महिनामा भने ककटेल पार्टी र भोज भने २५० जना पाहुना सहित बाहिर खुल्लामा मात्र गर्न अनुमति दिइएको छ।

घर मा विवाह, पार्टी, भोज आयोजना गर्दा भने निमन्त्रणा पत्र  सहित घर को साइज लेखेर स्वीकृतिको लागि स्वास्थ्य मन्त्रालयमा { [email protected] } इमेल पठाउनु पर्ने नियम बनाइएको छ।

साइप्रसको जनसंख्याको ५१ प्रतिशत लाई कोरोना विरुद्धको खोप को पहिलो डोज दिई सकेको र २५ % ले पूर्ण खोप लगाइ सकेको मन्त्रालयले जानकारी दिएको छ।  युरोपियन युनियन भरिमा ६५ % जनसंख्यालाई पहिलो डोज को खोप लगाउने देशमा जुन को अन्तिम सम्म मा साइप्रस पहिलो बन्ने छ।

सरकारले स्वास्थ्य मापदण्डको  नियम पालना गर्न र महामारीको स्थिति सुधारमा मदद पुर्याउन अपिल गरेको छ।

कहाँ जान सेफ पास अनिवार्य छ  ?

रेस्टुरेन्ट, क्याफे, बार, नाइट क्लब,इन्डोर थियटर, सिनेमा, कार्यक्रम हल र  पार्टी प्यालेसमा जान, धार्मिक स्थल भित्र, सपिङ्ग मल भित्र जान, ५०० स्वायर मिटर भन्दा ठुला  खुद्रा व्यापार हुने पसल मा जान , वैवाहिक समारोह, मलामी, टाउन हल लगायतका इन्डोर जिम, डान्स स्कुल, नर्सिङ्ग होम, वृद्धाश्रम, एम्पिथियटर, भोजन स्थल , क्यासिनो , विभिन्न कन्फ्रेन्स र व्यापार मेला मा जान सेफ पास अनिवार्य  देखाउनु पर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

कहाँ जादा सेफ पास आवश्यक पर्दैन ?

हेयर ड्रेसर, ब्युटी पार्लर, बैंक जादा सेफ पास आवश्यक पर्दैन।  साथै, फलफुल पसल, सुपर मार्केट, बेकरी, मासु पसल, माछा बजार, मिनी मार्केट, कियोस्क , फार्मेसी, हाट बजार ,समुन्द्र किनार, पिकनिक एरिया, ड्याम,पार्क, मारिना , स्क्वायर , जुवा र बेटिङ्ग सप र चिडियाखाना जान पनि सेफ पास आवश्यक पर्दैन।

यो पनि पढ्नुहोस् : शुक्रबार कोरोना को र्यापिड टेस्ट कहाँ हुन्छ ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *