प्रवाससाइप्रस न्युज

प्रतिनिधि सभा विघटनको विरोधमा साईप्रसका ४ राजनितिक भातृ संगठनहरु

शेयर गर्नुहोस्

युरोप , साईप्रस , नेपालमा जेठ ८ गते मन्त्रीपरिषदको सिफारिस मा रास्ट्रपति बिद्यादेवि भणडारिले प्रतिनिधीसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणाको साईप्रसमा रहेका राजनितिक दलका भातृ संगठनहरुले विरोध जनाएका छन । प्रधानमन्त्रि केपी ओलीले सर्वोच्च अदालतले पुनस्र्थापना गरेको प्रतिनिधिसभा फेरि दोस्रो पटकको विघटन सार्वभौमसत्ता र देशको वर्तमान व्यवस्था माथि को क्रुद्ध खिलाप र जनाधिकार माथिको तिखो प्रहार भएको उनिहरुको ठहर रहेको छ ।

विहिवार साईप्रसमा रहेका प्रवासी नेपाली मन्चं माधव नेपाल समुह , नेपाली जनसम्पर्क समिती साइप्रस ,नेपाली जनप्रगतिशील मंच साइप्रस ,साइप्रस नेपाली एकता समाजले संयुक्त विज्ञापती जारी गर्दै सरकारद्धारा गरिएको असबैंधानिक कार्यको विरोध गरेका हुन ।

विज्ञप्तीमा नेपाली जनसम्पर्क समिती साइप्रस सभापति सीता आर्याल , नेपाली जनप्रगतिशील मंच साइप्रसकी अध्यक्ष रमिला राई , नेपाली प्रवासी मंच साइप्रस माधव पक्षका अध्यक्ष चिन्तन बुडा मगर ,साइप्रस नेपाली एकता समाजका अध्यक्ष देबेन थापा लगाएतले संयुक्त प्रस विज्ञप्ती जारी गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *