देश विदेश

कतारमा काम गर्दा लाग्ने चोटपटकका शीर्ष ५ कारण: सजग रहन आग्रह | देश परदेश

शेयर गर्नुहोस्

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले उचाईबाट लड्नु, सडक दुर्घटना, कार्यक्षेत्रमा कुनै वस्तु झरेर हुने दुर्घटना, मेसिन चलाउँदा हुने दुर्घटना तथा काट्नु, ठोक्किनु र ठक्कर लाग्नुलाई चोटपटक लाग्ने शीर्ष ५ कारण रहेको भन्दै त्यसमा सजग रहन आग्रह गरेको छ । मन्त्रालयले तयार पारेको सन्देश सहितको सामग्रीलाई अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ), कतारले नेपाली सहित विभिन्न भाषामा प्रकाशन समेत गरेको छ ।

मन्त्रालयले उचाईबाट लड्नुलाई चोटपटक लाग्ने एउटा कारण मान्दै उचाईमा रहेर काम गर्नेहरुले त्यस्तो ठाउँमा काम गर्ने तालिम तालिम प्राप्त गरेको हुनुपर्ने जनाएको छ । यसैगरी दुर्घटनाबाट जोगिन सही उचाईमा गार्डरेल राखिनु पर्ने र श्रमिकहरुले अनिवार्य रुपमा हार्नेश लगाउनु पर्ने जनाएको छ । यसैगरी प्लेटफर्महरु व्यवस्थित राख्नु पर्ने र धेरै भार हुन नहुने तथा चहलपहल हुन नदिनका लागि भर्याङको व्यवस्था गर्नु पर्ने जनाएको छ ।

यसैगरी कतारमा कार्यरत रहँदा चोटपटक लाग्ने अर्को कारण सडक दुर्घटना रहेको भन्दै सवारी साधन र पैदल यात्रुका लागि छुट्टा छुट्टै बाटो बनाइएको हुनुपर्ने मन्त्रालयले जनाएको छ । गाडी चलाउने व्यक्तिले गतिको सीमा र ट्राफिक चिन्हको पालना गर्नु पर्ने, सवारी साधानमा पर्याप्त प्रकाशको व्यवस्था हुनु पर्ने तथा व्याक गर्दा अलार्म बज्ने हुनु पर्ने र स्पष्टसँग देखियोस् भनेर झ्याल र ऐना सफा राखिनु पर्ने मन्त्रालयले जनाएको छ ।

दुर्घटनाबाट जोगिन चलिरहेको गाडीको पछाडी नहिंड्न र गाडीको नजिक विश्राम नगर्न पनि मन्त्रालयले सजग गराएको छ । सधै आफूलाई राम्रोसँग देखिने हाई भिजिविलिटी भेस्ट लगाउनु आवश्यक रहेको पनि जनाइएको छ ।

कुनै वस्तु झरेर हुने दुर्घटना कतारमा कार्यरत रहँदा चोटपटक लाग्ने शीर्ष ५ मध्येको एक हो । तसर्थ कार्यक्षेत्र खाली राख्न र कुनै पनि सामान नखसुन् भनेर पैताला राख्ने बोर्ड र गार्डरेल छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्ने जनाइएको छ । औजारहरु नझरुन् भनेर त्यस्ता सामानहरु पेटी वा नाडीमा झुण्ड्याइएका छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्ने मन्त्रालयको भनाई छ । काममा हुँदा जहिले पनि कडा खालको टोपी र जुत्ता लगाउन पनि आग्रह गरिएको छ ।

मेसिनमा काम गर्दा थुप्रै व्यक्तिलाई चोटपटक लाग्ने गरेका कारण सुरक्षा चस्मा, कानको सुरक्षाका लागि लगाइने एयर प्लक, सुरक्षा जुत्ता जस्ता उचित पीपीई लगाउन विर्सन नहुने पनि स्पष्ट पारिएको छ । तालिम नदिइएका र प्रयोग गर्ने अनुमति नदिइएका मेसिन सञ्चालन नगर्न पनि अनुरोध गरिएको छ । सुरक्षा उपकरणहरु नहटाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

कतारमा काट्ने, ठोक्किने र ठक्कर लाग्ने चोटपटक लाग्ने अर्को कारण रहेको भन्दै श्रमिकलाई तालिम नदिइएका र प्रयोग गर्ने अनुमति नदिइएका मेसिन सञ्चालन नगर्न पनि अनुरोध गरिएको छ । सुरक्षा उपायविना मेसिन सञ्चालन नगर्न र आवश्यक पीपीई लगाउन नविर्सिन पनि मन्त्रालयले अनुरोध गरेको छ । श्रमिकलाई कहिल्यै पनि हतारमा काम नगर्न पनि अनुरोध गरिएको छ । आईएलओले सुरक्षाका लागि आवाज उठाउन, आफ्ना सहकर्मी तथा सुपरभाइजरसँग सुरक्षाबारे चासो व्यक्त गर्न पनि अनुरोध गरेको छ ।

वैदेशिक रोजगारमा गएका नेपालीले कमाएर पठाउने विप्रषण एकातर्फ रहेपनि गन्तव्य मुलुकमा कार्यरत रहँदा हुने दुर्घटनामा परेर ज्यान गुमाउने तथा अंगभंग भएर फर्किनेहरुको संख्या ठूलो छ । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५-६६ देखि २०७४-७५ को एक दशकमा विभिन्न मुलुकमा रोजगारीका लागि गएका मध्ये ६ हजार ७ सय ८ व्यक्तिले विभिन्न कारणले ज्यान गुमाएका छन् । यसैगरी १ हजार १ सय ७८ व्यक्ति अंगभंग भएर स्वदेश फर्किएको तथ्याँक रहेको छ ।

यो पनि पढ्नुहोस् कतारमा ५७ प्रतिशतले पाए कोरोना विरुद्दको खोप

९ जेष्ठ २०७८, आईतवार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/05/12101/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *