प्रविधी

नेपाल आउँदा ल्याएका वा पठाएका मोबाइलको IMEI दर्ता छैन भने नेपालमा सो मोबाइल नचल्ने

शेयर गर्नुहोस्

आउँदो साउन महिनादेखि नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यससम्बन्धी जानकारी दिएका हुन् ।

यसअघि जेठ १ देखि अवैध फाेन बन्द गर्ने तयारी गरिए पनि कोरोना भाइरसको महामारीका कारण नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम परियोजनाकाे समय गरेकाे थियाे ।

सिस्टम सञ्चालनका लागि आवश्यक हार्डवेयर तथा सफ्टवेयर जडानको काम भने सम्पन्न भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘हामीले अहिले सिंहदरबारभित्र रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा यसको आवश्यक सिस्टम सेटअप गरेका छौं,’ उनले भने, ‘तर चीनबाट अर्डर गरिएको डेटा सेन्टरको कन्टेनर आउन नसक्दा सञ्चालनमा ढिलाइ हुने भएकाे हाे ।’

स्थायी रुपमा चाबहिलमा राखिने भनिएको यो सिस्टम सुरुवाती चरणमा परीक्षणका लागि राष्ट्रिय सूचना प्रविधि कन्द्रमै रहने बताइएको छ । ‘कन्टेर आउने वित्तिकै यसको परीक्षणको काम सुरु हुन्छ,’ उनले भने ।

प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत करिब ५ वर्षदेखि इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा नेपालभर सञ्चालनमा रहेका मोबाइल फोनको आईएमईआई दर्ता, सम्पूर्ण मोबाइल अपरेटरको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइस दर्तालगायत कार्य भइरहेकाे छ ।

अब साउनदेखि अवैध रूपमा भित्रिएका मोबाइल बन्द हुनेछन् । यसकारण मोबाइलको आईएमईआई दर्ता अनिवार्य भएकाे छ । हामी यहाँ तपाईंहरूका लागि मोबाइलको आईएमईआई नम्बर हेर्नेदेखि दर्ता गर्ने सम्मको प्रक्रियाकाे बारेमा बताउँदै छौं ।

यसरी पत्ता लगाउनुहाेस् आफ्नो मोबाइलको आईएमईआई नम्बर

आफ्नो मोबाइल दर्ता गर्नुअघि सुरुमा आईएमईआई नम्बर कति हो भन्ने कुराको जानकारी हुन आवश्यक छ । आधिकारिक रुपमा भित्रिएका मोबाइलको आईएमईआई नम्बर आयताकर्ता कम्पनीले सुरुमै दर्ता गरेर भित्र्याएका हुन्छन् ।

विदेशबाट उपहारको रुपमा आउने तथा व्यक्तिगत रुपमा किनेर ल्याइएका र अवैध रुपमा भित्रिएका मोबाइलकाे आईएमईआई नम्बर भने दर्ता भएको हुन्न ।

नेपालमै किनेका कतिपय मोबाइलको पनि आईएमईआई नम्बर दर्ता नभएको हुनसक्छ ।

अझ पुराना फोनको त आईएमईआई नम्बर दर्ता भएकै छैन । किनभने, प्राधिकरणले आईएमईआई दर्ता गर्न थालेको जम्मा साढे तीन वर्ष भएको छ । त्यसैले आफ्नो मोबाइलको आईएमईआई नम्बर पत्ता लगाएर दर्ता गर्नु नै बुद्धिमानी हुनेछ ।

त्यसका लागि मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा *#06# डायल गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पोट गर्ने हो भने एउटा मात्र आईएमईआई नम्बर देखाउँछ ।

यदि दुई वटा सिम लाग्छ भने दुईवटा आईएमईआई नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुवै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

आईएमईआई नम्बर दर्ता भए/नभएको कसरी थाहा पाउने ?

दर्ता गराउनुपर्ने वा नपर्ने भन्ने थाहा पाउनका लागि तपाईंको मोबाइलकाे आईएमईआई नम्बर प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाउन जरुरी छ । त्यसका लागि सुरुमा यो लिंकमा क्लिक गर्नुहाेस् । यसमा ‘नो योर डिभाइस’ भन्ने अप्सन दिइएको छ ।

उक्त अप्सनमा गएर गएर तपाईंले आफ्नो मोबाइलको आईएमईआई नम्बर हाली दर्ता भए/नभएको थाहा पाउन सक्नुहन्छ ।

आईएमईआई नम्बर दर्ता गर्ने प्रक्रिया

यदि तपाईंको मोबाइलको आईएमईआई दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नका लागि यो लिंकमा गएर सुरुमा साइनअप गुर्नस् । साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुहाेस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुहाेस् ।

यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्नेछ । व्यवसायिक आयातकर्ताको हकमा भने, सुरुमा टाइप अप्रुभल आवश्यक पर्छ । टाइप अप्रुभल लिएपश्चात उनिहरुले ल्याउन लागेको डिभाइसको आईएमईआई नम्बर प्राधिकरणलाई उपलब्ध गराउनुपर्छ ।

आयातकर्ता कम्पनीले आफूले ल्याउन लागेका मोबाइल डिभाइसको आईएमईआई सामान आयात गर्नुपूर्व नै पाउँछन् ।

आयातकर्ताको हकमा प्राधिकरणले युजर आईडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । सोही युजर आईडी र पासवर्ड लिएर आयातकर्ताले यो लिंकमा गएर लगइन गर्न सक्छन् । त्यहाँ टाइपअप्रुभल लिनेदेखि आईएमईआई नम्बर अपलोड गर्न सकिने सम्मको सुविधा दिइएको छ ।

आईएमईआई नम्बर अपलोड भएसँगै प्राधिकरणमा निवेदन दिन सकिन्छ । उक्त निवेदनको आधारमा आईएमईआई नम्बर मान्य छ वा छैन, सिस्टममार्फत जाँच हुन्छ । सबै कुरा मिले पश्चात मात्रै प्राधिकरणको स्टिममा आईएमईआई नम्बर दर्ता हुन्छ ।

(साइप्रसबाट नेपाल मा मोबाइल पठाउदै हुनु  हुन्छ वा लकडाउन पछि नेपाल आउदै हुनु हुन्छ भने आईएमईआई नम्बर दर्ता गर्न हामि  नि :शुल्क मदद गर्ने छौ। viber, whatspp, imo मा यो नम्बर 00977 9824135245 मा सम्पर्क गर्नु होला। वा हाम्रो फेसबुक पेज  https://www.facebook.com/cyprusnepalnews मा मेसेज गर्नु होला।  )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “नेपाल आउँदा ल्याएका वा पठाएका मोबाइलको IMEI दर्ता छैन भने नेपालमा सो मोबाइल नचल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *