साइप्रस न्युज

शेर्पा किदुक साईप्रसद्धारा युरोपियन देश साईप्रसको बौद्ध गुम्बामा विशेष पुजा

शेयर गर्नुहोस्

साईप्रस
युरोपीयन देश साईप्रसमा रहेका शेर्पा जातिहरुको साझा सस्था शेर्पा किदुक साईप्रसले बुद्ध ज्यन्ति बिशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । महामानव सिद्धार्थ गौतम बुद्धको २५६५ औ जन्मज्यन्तिको अवसरमा साईप्रसको निकोसियामा रहेको बौद्ध गुम्बामा किदुकले पुजापाठ गरि मनाएको हो ।

नेपाल लगाएत विश्वभरमा रहेको कोरोना महामारि , विश्व भरमा शान्तिको कामना होस भनी पुजा पाठ गरिएको शेर्पा किदुक साईप्रसकी अध्यक्ष निमदिकी शेर्पाले जानकारी दिनुभएको छ ।

शेर्पाका अनुसार प्रवासी देश साईप्रसमा रहेका शेर्पा समुदायहरुको उपस्थितिमा कार्यक्रम भएको बताईन । साथै किदुगको चौथो अधिवेशनबाट ङिमा ल्हमु शेर्पा महासचिवमा चयन भएपनि व्यक्तिगत कार्य व्यस्तताले राजीनाम दिएपछि नयाँ महासचिवमा ल्हमु शेर्पालाई जिम्मेवारी दिईएको उहाले बताउनु भयो ।

यसैवीच कोरोना महामारीबाट मातृभूमि नेपालमा स्वास्थ्य सामाग्री र अक्सिजनको अभावलाई ध्यानमा राख्दै साईप्रसमा कार्यरत शेर्पाहरुले सहयोग समेत संकलन गरेका छन । किदुगको सक्रियतामा १ लाख ५० हजार बढी रकम संकलन गरेको जनाएको छ । संकलित सहयोग छिट्टै नेपाल पठाउने अध्यक्ष शेर्पाले बताउनु भयो । सहयोगबाट नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य सामाग्री र अक्सिजन खरीद गरी संक्रमितहरुलाई वितरण गरिने अध्यक्ष शेर्पाको भनाई थियो ।

शेयर गर्नुहोस्

One thought on “शेर्पा किदुक साईप्रसद्धारा युरोपियन देश साईप्रसको बौद्ध गुम्बामा विशेष पुजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *