देश विदेशसाइप्रस न्युज

हृदयघातको कारण नेपाली महिला घरेलु कामदारको निधन

शेयर गर्नुहोस्

कुवेत

हृदयघातको कारण कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली महिलाको निधन भएको छ ।

बुद्धशान्ति धारागोला स्थायी निवासी मुना राईको मे २० तारिख निधन भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ।

केहि वर्ष अगाडी अवैध बाटो हुँदै कुवेत आएकी राईको मृत्युको जानकारी दूतावास आईसकेकोले सम्बन्धित निकाय र परिवार संग समन्वय गरि लाशलाई नेपाल पठाउने नेपाली राजदूतावासले जानकरी दिएको छ।

नेपालका ४३ लाख युवा वैदेशिक रोजगारीमा, कुन देशमा कति छन् ?

काठमाडौ । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् ।

आर्थिक वर्ष २०७४–७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार १०५ महिला रहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको सङ्ख्या निकै कममात्र रहेको छ । १.५ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत वैदेशिक रोजगारीमा गएका छन् । आव २०७५–७६ को फागुन मसान्तसम्म सबैभन्दा बढी युवा रोजगारीका लािग मलेसिया गएका छन् । मलेसियामा ३०.०१, कतारमा २७.४, साउदी अरबमा २०.०२, संयुक्त अरब इमिरेट्स (युएई) १३.१ र अन्य मुलुकमा ९.२ प्रतिशत रहेका छन् ।

आव २०७४-७५ मा तीन लाख ३९ हजार १३८ पुरुष र २२ हजार ८०३ महिला गरी तीन लाख ६१ हजार ९४१ कामदार वैदेशिक रोजगारीमा गएका थिए । चालू आवको फागुन मसान्तसम्म एक लाख ५६ हजार ९३ कामदार वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पछिल्ला वर्षमा घट्दो क्रममा रहेको छ ।

चालू आवको पहिलो आठ महिनाको अवधिमा ५४ हजार ३९ युवा श्रम स्वीकृति लिएर कतार, दुई हजार ७११ मलेसिया, २७ हजार ४१९ साउदी अरेबिया, ४० हजार ८६५ संयुक्त अरब इमिरेट्स र १० हजार ८६ कुवेत गएका छन् । त्यस्तै तीन हजार ११७ बहराइन, एक हजार ७३६ ओमन, दक्षिण कोरिया चार हजार १४२, लेबनान चार, इजराजय ४६, एक हजार सात अफगानिस्तान, ५४७ जापान र १० हजार ३७४ युवा अन्य मुलुक गएका छन् ।

सरकारले संस्थागत रुपमा ११० वटा देशलाई वैदेशिक रोजगारीका लािग खुल्ला गरेको छ । त्यस्तै व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लािग भने १६७ भन्दा बढी देश खुल्ला गरिएको छ । सरकारले ११० मुलुकलाई संस्थागत रुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा गएका छन् । हाल लिबिया र इराकमा काम गर्न जान श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको छ ।

नेपाली कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, कतार, कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स रहेका छन् । आव २०६६–६७ देखि २०७५र७६ फागुन मसान्तसम्म करिब ४५ लाख ४० हजार ९०६ युवाले वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिएका छन् ।

आव २०७५–०७६ को फागुसम्म आव २०७४–०७५ को सोही अवधिको तुलनामा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको कुल संख्यामा कमी आएको छ । विगत केही समयदेखि वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य मुलुक मलेसियामा कामदार जान अवरोध भएकाले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो ।

आव २०७३–७४ मा चार लाख १९ हजार ८१३, आव २०७४–०७५ मा चार लाख १३ हजार ७७१ र चालू आवको फागुन मसान्तसम्म तीन लाख ३२ हजार ४२६ युवाले श्रम स्वीकृति लिएका छन् । सरकारले क्षेत्रगत रुपमा राष्ट्रिय रोजगार नीति, २०७१ र वैदेशिक रोजगार नीति, २०६८ कार्यान्वयनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय श्रम संगठन अभिसन्धिमार्फत सुरक्षित रोजगारीको प्रवद्र्धन, बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य र उत्पादकत्व अभिवृद्धि गर्ने रणनीतिअनुरुप विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । सबै नागरिकलाई न्यूनतम् रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने नीति लिएको छ ।

कामका लागि पारिश्रमिकमार्फत गरीबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पुर्याउने, स्थानीयस्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पूँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्धत पुर्याउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

रोजगारीको सिर्जना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनामा श्रमिकको माग हुने र मागबमोजिमका श्रमिकको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत हुने भई सबै स्थानीय तहमा श्रमको माग र आपूर्तिको औपचारिक संयन्त्रको विकास गरिएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *