साइप्रस न्युज

साइप्रसमा ४.३ रेक्टर स्केलको भुकम्पको धक्का महसुस

शेयर गर्नुहोस्

३१ मे २०२१ / लिमासोल

साइप्रसमा आज भुकम्प को धक्का महसुस गरिएको छ। सोमबार बिहान ९.३०  बजे ४.३  रेक्टर स्केलको भुकम्प गएको साइप्रस सिस्मलोजिकल सेन्टरले जनाएको छ।

साइप्रस सिस्मलोजिकल  सेन्टरका अनुसारको इपिसेंटर भने उत्तरी साइप्रसको  मोर्फु बाट  १८ किमी उत्तर पश्चिममा  समुन्द्र रहेको र ५० किमि  गहिराइ मा रहेको बताएको छ।

४.३ रेक्टर स्केलको भुकम्प को धक्का पापोस, लिमासोल र निकोसिया जिल्लामा महसुस गरिएको थियो।  भुकम्प का कारण कुनै क्षति नभएको स्थानीय मिडियाले समाचार प्रकाशन गरेका छन्।

श्रोत : साइप्रस मेल 

तामाङ घेदुङ साईप्रसद्धारा निकोसियामा बुद्धका बारेमा विशेष शान्ति पुजा

युरोप , साईप्रस , विश्वभरमा रहेका तामाङ जातिहरुको साझा संगठन नेपाल तामाङ घेदुङ साइप्रसले मई ३० तारिखका दिन बुद्ध ज्यन्तिको अवसरमा विशेष शान्ति पुजा गरेको छ । महामानव सिद्धार्थ गौतम बुद्धको २५६५ औ जन्मज्यन्ति सारा नेपाली समुदायहरुको भएको भन्दै विशेष शान्ति पुजा गरिएको हो ।

साईप्रसका लागि नेपाली अबैतनिक बाणिज्य दुत डा। राम जिवन पंजियारको प्रमुख आतिथ्यता तथा गैरआवासीय नेपाली सघं साईप्रसका प्रमुख संरक्षक सुबास मल्लको विशेष अतिथ्यतामा भएको पुजा कार्यक्रममा विश्वमा शान्ति छाओस ,सबै दुख कष्टहरु छिट्टै समाम्त होस , बुद्धका ज्ञानहरुलाई सबै नेपाली तथा विदेशी समुदायहरुमा बाडौ लगाएतका विषयमा पुजा गरिएको थियो ।

पुजा कार्यक्रममा अबैतनिक बाणिज्य दुत डा। राम जिवन पंजियारले बुद्ध सारा नेपाल र नेपालीहरुको शान भएकोले उहाको प्रचार प्रचारमा सबै लाग्नुपर्ने बताउनु भयो । आफु साईप्रसमा आए देखि नै महामानव गौतम बुद्धका बारेमा यहाका स्थानियहरुलाई जानकारी , प्रचार गरिरहेको बताउनु भयो ।

पुजा कार्यक्रममा तामाङ जातिहरुको आफनै लिपिमा लेखिएको बुद्ध सम्बन्धि मन्त्रहरु पढिएको थियो ।कोरोना भाईरसले गर्दा समाजिक दुरि कायम गर्दै कम संख्यामा उपस्थिति जनाएर बुद्ध ज्यन्ति मनाईएको थियो । तामाङ घेदुङ साईप्रसकी अध्यक्ष लक्ष्मी ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा केही नया सदस्यहरुलाई स्वागत गरिएको थियो भने अथितिहरुलाई सम्मान समेत गरिएको थियो ।

पुजा समापन पश्चाप्त एनआरएनए साईप्रसका प्रवक्ता दिनेश गौतमले अगामी एनआरएनएको साधारण सदस्यता बन्नका लागि के के गर्नु पर्छ , कसरी बनाउन सकिन्छ लगाएतका बिवषयमा सबै सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा एनआरएनए साईप्रसका सल्लाहकार सुरेश शाह , प्रवासी नेपाली मन्च (माधव नेपाल) समुहका अध्यक्ष चिन्ता बुढा मगर , समाजिक अभियान्ता धतानन्द पाण्डे , नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य एवमं गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतम लगाएतको विशेष उपस्थिति रहेको थियो ।

महासचिव मिना लामाको संचालनमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रस द्धारा अहवान गरिएको स्वदेशमा अक्सिजन पठाऔ , आफन्त बचाऔ अभियानका लागि तामाङ घेदुङ साईप्रसले १०५ युरो नगद एनआरएनए प्रवक्ता गौतमलाई हस्तान्तरण गरेको थियो । पुजामा निम्ता स्वीकार गरि आएका सबैलाई तामाङ घेदुङ साईप्रसकी सल्लाहकार नानु गोम्जाले विशेष धन्यबाद दिनुभएको थियो ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा ४.३ रेक्टर स्केलको भुकम्पको धक्का महसुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *