देश विदेशसाइप्रस न्युज

आज जुन १ तारिख मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

शेयर गर्नुहोस्

आज वि.सं.२०७८ साल जेठ १८ गते, मंगलबार। सन् २०२१ जुन १ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।जेठ कृष्ण पक्ष । षष्ठी तिथी। चन्द्रमा कुम्भ राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १५ र सूर्यास्त बेलुकी ६ः४८ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरायसी र पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेममा शंकाले चिन्ता बढाउनेछ । मौसमी बिसञ्चोपना देखिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभाव पार्ने छ । इष्टमित्र भेटघाट हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथीभाइसँग मनोरन्जनमा धन खर्च हेुनेछ । हतारमा काम बिग्रिनेछ । नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामान हराउन सक्नेछ । यात्रामा तनाव हुनेछ । व्यवसायमा क्षति बेहोर्नु पर्ने छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कृषि खाद्यान्नबाट फाइदा हुनेछ । मित्रबाट धनसम्पति जोहो हुनेछ । नयाँ काममा फाईदा मिल्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ जिम्मेवारी थपिनेछ । पुरानो लेनदेनको काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषि काममा सन्तोष मिल्नेछ । धर्म कर्ममा व्यस्तता बढ्नेछ । स्थान परिवर्तन हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बाचामा धोका हुनेछ । अचानक बाधा आउँनेछ । अपमानको भय रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वैवाहिक कुराले प्रशय पाउनेछ । प्रेममा खुशी बढ्नेछ । व्यावसायिक तनाव हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तमा मनमुटाब हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मुद्दा मामिला राहत हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कला संगीतमा प्रगति मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । कृषि कर्मबाट आर्थिक वृद्धि हुनेछ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *