देश विदेश

आजबाट हुने भनिएको नियमित अन्तर्राष्ट्रिय उडान पछि धकेलियो, अझै एक हप्ता लाग्न सक्ने

शेयर गर्नुहोस्

१८ जेठ २०२१ 

गत साताको मन्त्रिपरिषद् बैठकले १८ जेठबाट चीन, कतार र टर्कीमा नियमित उडान सुरु गर्ने निर्णय गरे पनि उडान भने नहुने भएको छ। सो निर्णय कार्यान्वयन गराउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा सोमबार अबेरसम्म पनि पत्र नपुगेकाले उडान प्रतिबन्ध कायमै रहने देखिएको हो।

आधिकारिक पत्र नपुगेको कारण हवाई उडान नहुने निश्चित भएको प्राधिकरण स्रोतले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को पछिल्लो निर्णय कार्यान्वयन गराउन अझै एक साता लाग्न सक्छ।

क्वारेन्टिन व्यवस्थापन, वायुसेवा कम्पनीलाई दिने उडान अनुमति संख्या लगायत विषय नटुंगिएको कारण मंगलबारदेखि नियमित उडान नखुल्ने भएको हो। चार्टर्ड उडान भने दैनिक भइरहेका छन्।

उता, चीन सरकारले सहयोग गरेको कोभिड १९ विरुद्वको खोप ल्याउन नेपाल एयरलाइन्सको चार्टर विमान सोमबार राति बेइजिङतर्फ उडेको छ। चीन सरकारले सहयोग गर्ने भनेको १० लाख डोज खोपमध्येकै खोप ल्याउन निगमको जहाज त्यसतर्फ उडेको हो।

नेपाली समय अनुसार सोमबार राति ११ बजे काठमाडौंस्थित उक्त जहाज बेइजिङ उडेको छ।

नागरिक दैनिकमा प्रकाशित 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *