कोरोनादेश विदेश

कोराेनाले श्रीमान बितेपछि कुरुवा बसेकी श्रीमतीले पनि रोजिन् मृत्यु

शेयर गर्नुहोस्

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कोराेना संक्रमणबाट एक युवकको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छन्। बाजुरा छेडेदह गाउँपालिका वडा नं ७ का २९ वर्षीय युवक सुरेश कठायतलाई ज्वरो र खोकीको लक्षण देखिएपछि वैशाख ३० गते उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगियो।

कोराेना संक्रमणले अवस्था जटिल बन्दै गएपछि अस्पतालले आईसियु नभएका कारण रेफर गरिदियो। जेठ २ गते राती उपक्षेत्रीय अस्पताल डडेल्धुरा पुर्‍याएर उनलाई भर्ना गरियो। श्रीमानलाई निको बनाएर घर लैजाने अभिलाषा बोकेकी २७ वर्षीया सरिता रावतले श्रीमानलाई बचाउन सक्दो कोशिस गरिन्। दिनरात कुरुवा बसेर स्याहार सुशार गरिन्।

शुक्रबार रातभरी पनि उनी कुरुवा बसेकी थिइन्। शनिबार बिहान सुरेशको अवस्था बिग्रदै गयो। १० बजेतिर उनले अन्तिम श्वास फेरे। अहोरात्र श्रीमानको शैयाको छेउमै भईराख्ने सरिता भने त्यहाँ थिईनन्। उनको खोजी गर्दा अस्पतालमा भित्र, बाहिर कतैपनि भेट्टिनन्। शनिबार दिउँसो ४ बजेतिर अस्पताल नजिकैको जंगलमा झुण्डिएको अवस्थामा उनी फेला परिन्।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र चन्दले अस्पतालबाट करिव डेढ सय मिटर तलतिरको जंगलमा दोसल्लाले बाझको रुखमा झुण्डिएको अवस्थामा उनी फेला परेको बताए। स्थानीयले झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अस्पतालमा सुरेशका काका र भाई पनि थिए। ‘छोराको लास शनिबार १ बजेतिर कान्छो बावुलाई लगाएर बाजुरा पठायौं। म बुहारीलाई खोज्नुपर्ने भएर यतै बसे’, उनका काका बिरहादुर कठायतले गला अवरुद्ध पार्दै भने,‘पोष्टमार्टम गर्न समय लागेकोले बुहारीको लास आज लगेर म जाँदै छुँ।’ शनिबार बिहान सुरेशको प्राण जाने बित्तिकै खोजी गर्दा बुहारी नभेट्टिएको उनले बताए।

४ बजेतिर प्रहरीसँग जाँदा जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको उनले बताए। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जगदिश चन्द बिष्टले कोराेनाको संक्रमणले शनिबार बिहान सुरेशको मृत्यु भएको बताए। सुदूरपश्चिमका ७ पहाडी जिल्ला मध्य डडेल्धुरा अस्पताल बाहेक अन्य कुनै जिल्लाका अस्पतालमा पनि आईसियु सेवा छैन। फोक्सोमा ईन्फेक्सन भएर अवस्था जटिल बनेपछि ढिलोगरि अस्पतालमा पुग्ने गरेकाले संक्रमितको बढी ज्यान गरेको चिकित्कसले बताएका छन्।

छ महिनाअघि मात्र बिवाह बन्धनमा बाँधिएका थिए

सुरेशले हालै काठमाडौंबाट एम.एस.सी पढाई सकेको काका बिरबहादुरले बताए। सरिता स्थानीय सरस्वति माविमा लेखापाल पदमा कार्यरत थिइन्। छेडेदह वडा नं ७ कठायत गाउँका सुरेश र सोही वडा लमि गाउँकी सरिताबीच गत मंसिरमा मात्र बिहे भएको उनले बताए। ‘प्रेम सम्बन्धमा रहेका उनीहरुको भर्करै गए मंसिरमा मात्र बिहे भएको हो’, उनले भने।

गत वैशाख १६ गते सुरेश काठमाडाैंबाट घर फर्केका थिए। घर फर्के लगत्तै उनी संक्रमित भएका हुन्। सुरेशका बुवा दिल्लीमा मजदुरी गर्ने गर्छन्। ‘आर्थिक अवस्था कमजोर भएका दाजुले दिल्लीमा मजदुरी गरेर सुरेशलाई पढाएका हुन्’, उनले भने,‘एम.एस.सी गरेको छोरासँगै हाम्रा सपना पनि उडे।’ परिवारमा उनका तीन भाई र आमा बुवा छन्। उनी जेठो छोरा हुन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *