देश विदेश

दुई वटा ट्रक ठोक्किँदा २ जनाको ज्यान गयो, २ घाइते,

शेयर गर्नुहोस्

मकवानपुरको रातोमाटेमा दुई वटा ट्रक ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा दुईवटा ट्रक ठोक्किएर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् ।

प्लास्टिकको सामान बनाउन मेसिन लोड गरेर वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको ट्रकले चामल लोड गरि सोही दिसाबाट आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

मृत्यु हुनेमा अन्दाजी ३० र ३५ वर्षका ठक्कर दिने ट्रकको चालक र सहचालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको पहिचान भने खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको क्रममा हेटौंडा–१ मा रहेको सन्चो अस्पतालमा मृत्यु भएको डिएसपी रिमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ना ५ ख १८६४ नम्बरको ट्रक चालक बारा कोल्हवी–१० का ५० बर्षीय ध्रुव चौधरी र सोही ट्रकका सहचालक रौतहट गजुरा –८ का २० बर्षीय बिकेस चौधरी घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् :

जनकपुरमा बन्द घरभित्र सडेको अवस्थामा पुरुषको लास भेटेपछि….

जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ ।

स्थानीय वैद्यनाथ झाको घरमा बुधबार प्रहरीले सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला पारेको हो । धनुषाका प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार उक्त घर लामो समयदेखि खाली थियो ।

बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले छोपेको अवस्थामा शव फेला परेको हो । दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले ताला तोडेर भित्र हेर्दा बेडमा सिरकले छोपिएको अवस्थामा शव फेला परेको मिश्रले बताए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । ‘घटना शंकास्पद देखिएको छ’ डीएसपी मिश्रले भने, ‘थप अनुसन्धान शुरु गरेका छौं ।’

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *