साइप्रस न्युज

नेपालमा अक्सिजनका लागि नौ लाख भन्दा बढि रकम स्वदेश पठायौ :- एनआरएनए साईप्रस

शेयर गर्नुहोस्

युरोप , साईप्रस , युरोपियन युनियन देश साईप्रसमा रहेको गैरआवासीय नेपाली सघं (एनआरएनए) साईप्रसले नेपालमा कोभिड अक्सिजन प्लान्टका लागि नौ लाख भन्दा बढि रकम पठाएको छ ।

नेपालमा अक्सिजनको कमीले कोही पनि नेपाली नागरिकको ज्यान नजाओस् भनी गैरआवासीय नेपाली सघं ग्लोबल टिमले संचालन गरेको स्वदेशमा अक्सिजन पठाऔ, आफना र आफन्तको ज्यान बचाऔ भन्ने नारालाई आत्मसाथ गर्दै एनआरएनए साईप्रसले नौ लाख ३५ हजार ६ सय नेपाली रुपैया पठाएको हो । गैरआवासीय नेपाली सघं साईप्रसका सह कोषाध्यक्ष अनिल भण्डारीले एनआरएनए आईसिसि साईप्रस प्रतिनिधि रन्जित महतोलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

एनआरएनए साईप्रसले अहवान गरेको सहयोग संकलनका लागि साईप्रसमा रहेका सारा नेपालीहरुले अत्यान्त उत्साहका साथ सहयोग र साथ दिएका छन । आफनो देशमा विपत होस वा अन्य या त कोभिडका कारणले धेरै जनाको ज्यान गैरहेकोले अबअन्यको ज्यान कसरी बचाउन सकिन्छ भन्ने बारेमा साईप्रसका सारा नेपालीहरुले एकताका साथ सहयोग गर्नुभएको एनआरएनए साईप्रसका सचिव पुरन मगरले बताए । सचिव मगरले अगाडी थपे  ” यस्तो कोरोनाको पेनडामिक अवस्थामा यहा रहेका श्रमिक दिदीबहिनी तथा दाजुभाई , विद्यार्थीहरुले देखाएको देश प्रतिको मायालाई ब्याख्यया गर्ने कुनै शब्द नभेटिएको बताए ”  । उहाले दुखमा साईप्रसका सबै नेपालीहरुले एनआरएनएलाई सहयोग साथ दिनु नै सबै भन्दा महात्वपुर्ण रहेको र ति सहयोगी श्रमिकहरुलाई विशेष धन्यबाद दिदै अगामी दिनहरुमा पनि सहयोग साथ रहने आफु पुर्ण रुपमा आशाबादी रहेको सचिव मगरको भनाई थियो ।

एनआरएनए साईप्रसको महाअभियानमा पाफोसबाट कार्यसमिति सदस्य राजन श्रेष्ठ , निकोसियाबाट एनआरएनए संरक्षक सुबास मल्ल , कार्यसमिति सदस्य सुरज रानाभाट , कोषाध्यक्ष दिनेश ढकाल लगाएत हरि जोशि ,कार्यसमिती सदस्य दयाराम क्षेत्री , महिला संयोजक सरिता चौधरीको टिम , आयानापा क्षेत्रबाट सचिव पुरन मगर , उपाध्यक्ष जसु पुन मगर , सदस्य सरस्वती तिमिल्सीना लगाएतका ति क्षेत्रका सघंसस्थाका प्रतिनिधि , लिमासोल क्षेत्रमा एनआरएनए साईप्रसका प्रवक्ता दिनेश गौतम , दिपकपाल ठकुरी लगाएत त्यहाका संघसस्थाका एवमं सम्पुर्ण नेपालीहरु र लार्नाका क्षेत्रबाट ल्हमु शेर्पाले सहयोग उठाउनका लागि अत्यन्त मिहनेत गर्नुभएको बरिष्ठ उपाध्यक्ष अन्तेश राउतले जानकारी दिनुभयो ।


साईप्रसका विभिन्न क्षेत्रमा रहेका सहयोगीले सहयोग गर्न ईच्छुक रहदा रहदै पनि केही विकटताका कारण उहाहरु समक्ष जान नसकिएकोमा एनआरएनए साईप्रसका प्रमुख संरक्षक सुबास मल्लले माफी समेत माग्नु भएको छ । साथै अगामी दिनहरुमा एनआरएनएले गर्ने हरेक कार्यक्रमहरुमा सारा साईप्रसबासी नेपालीहरुको सहभागिता गराउन एनआरएनए साईप्रसका टिमलाई अनुरोध समेत गर्नुभएको छ । स्वदेशमा लकडाउनका कारण हजारौ मजदुरहरुको रोजीरोटी छुटेको , स्वदेशमा धेरै नेपालीहरुको आफन्तहरुको ज्यान गएको भन्दै सबै मृतकहरु प्रति एनआरएनए साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले श्रन्द्धन्जली समेत दिनुभएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *