साइप्रस न्युज

लार्नाकामा सडक दुर्घटनामा मर्ने महिला को हुन् ? पहिचान गर्न प्रहरीको अपिल

शेयर गर्नुहोस्
समिम मियाँ
०६ जुन २०२१/लिमासोल

शनिवार बिहान सडक दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ।  लार्नाका देखि एयरपोर्ट जोड्ने राजमार्गमा एयरपोर्ट तर्फ हिडेर जादै गर्दा कारको ठक्कर बाट मृत्यु भएको हो।

मृतक महिलाको पहिचान हुन नसकेकोले प्रहरीले पहिचान गर्न सर्वसाधारणमा अपिल गरेको छ।

प्रहरीले मृतक महिलाको हुलिया को विवरण यस प्रकार दिएको छ। मृतकको उमेर अन्दाजी ६० वर्ष, कालो कपाल, सेतो प्याटनको कालो ट्राउजर र फुल भएको सेतो ब्लाउज  र रातो जुत्ता लगाएको।

यस हुलिया भएको महिलालाई चिन्ने जो सुकैले पनि लार्नाका प्रहरी लको फोन नम्बर 24 804179 वा  नजिकको प्रहरी चौकी वा सिटिजन हटलाइन 1460 मा फोन  गर्न प्रहरीले अनुरोध गरेको छ।  प्रहरीले मृतक को तस्बिर भने  सार्वजनिक गरेको छैन।

यो समाचार पनि पढ्नुहोस् :____________________________________________________________________

लिमासोलामा एक वृद्धको घर मा चोरी, पापोसमा रिफ्युजी  फेल भएकी महिला पक्राउ

५ जुन २०२१/ लिमासोल 

गए राति लिमासोलको एक घर मा चोरी भएको छ।  नकाबधारी ३ जनाको समूहले शनिवार बिहान करिब साढे २ बजे लिमासोल को आइया फिला मा रहेको एक वृद्धको घर मा चोरी  गरेको हो। घरमा   ८० र ८३ वर्षका वृद्धवृद्धा सुतिरहेका थिए।

टुटेफुटेको ग्रीक भाषामा हानि पुर्याउने भन्दै धम्काउदै  चक्कु देखाएर  करिब १५०० युरो लुटेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक जानाकारी अनुसार किचन को ढोका बाट चोरहरु पसेको बुझिएको छ यधपी ढोका फुटाएको वा छेडछाड कुनै निसान भेटिएको छैन।  प्रहरीले चोरको खोजि गरि रहेको छ।

रिफ्युजी  फेल भएकी महिला पक्राउ

पापोस प्रहरीले गत सोमबार इलिगल रहेकी एक महिला लाई पक्राउ गरेको छ।  रिफ्युजी निवेदन अस्विकार भए पछि ३० दिन भित्र साइप्रस छोड्न भनिएको मा देश नछोडे पछि पक्राउ गरेको हो।

सन् २०१९ मा दिएको  रिफ्युजी निवेदन गत जनवरी २८ तारिखमा अस्विकार भएको र ३० दिन मा देश छोड्ने आदेश थियो।

पक्राउ परेकी महिला कुन देशकि नागरिक हुन् त्यो बारे केहि जानकारी दिइएको छैन।  हाल प्रहरीले उनलाई पापोस प्रहरी हेडक्वाटरमा राखेर डिपोर्ट गर्ने आदेश पर्खि रहेको छ।

यो पनि पढ्नुहोस : निकोसियामा साढेको आक्रमणबाट एकको मृत्यु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *