साइप्रस न्युज

पापोसमा युवा माथि चक्कु प्रहार, २ पक्राउ, निकोसियामा पसल लुटियो, लिमासोलमा प्रयास असफल

शेयर गर्नुहोस्

९ जुन २०२१/ लिमासोल

पापोस प्रहरीले २५ वर्षका २ युवालाई हत्याको प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। पापोसको गेरोस्किपोउ मा आइतबार साँझ करिब ५ बजे ३ जना  सामान्य विवाद हुँदा चक्कु प्रहार भएको थियो।

चक्कु प्रहार बाट घाइते भएका ३१ वर्षका युवालाई इमरजेंसीमा पापोस जेनेरल हस्पिटलमा भर्ना गरिएको थियो।  घाइतेको उपचार गरि अहिले डिस्चार्ज गरि सकिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ३ जना बीच विवाद हुँदा रिसको झोकमा चक्कु प्रहार भएको थियो।  प्रहरीले दुइ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको समाचार आजको साइप्रस मेलले प्रकाशन गरेको छ।  पिडित र आरोपी कुन देशका नागरिक हुन् भनि खुलाइएको छैन।

निकोसियामा कियोस्क लुटियो 

निकोसियामा चक्कु देखाएर एउटा  कियोस्क लुटिएको छ।  निकोसियाको यो घटना आइतबार साँझको हो।  कालो रंगको कपडा र कालो नकाबधारी २ जनाले सो कियोस्क पसल लुटेका हुन्।

नकाबधारी लुटेराहरुले चक्कु देखाउदै क्यासियरलाई धम्काएर ‘क्यास काउन्टर’ बाट पैसा लुटेर फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको छ।  आज को साइप्रस मेल ले यो समाचार प्रकाशन गरेको छ।

लिमासोलमा कियोस्क लुट्ने प्रयास असफल, स्टाफले लौरो लिएर लखेटे

मंगलबार बिहान लिमासोलको एक  कियोस्क पसल लुट्ने प्रयास असफल भएको छ।  साइप्रस समाचार एजेंसीको रिपोर्ट अनुसार मिसियाओलि र काभाजोग्लु स्ट्रीटमा रहेको कियोस्कमा मंगलबार बिहान ३ बजे एक हुडि लगाएका व्याक्ति पसेर चक्कु देखाउदै पैसा लुट्ने प्रयास गरे।

कियोस्कका ५८ वर्षीय स्टाफले बहादुरी देखाउदै लाठ्ठी लिएर उक्त लुटेरालाई लखेटे।  उक्त घटना पछि प्रहरीले इलाकाको घेराबन्दी गरि अपराधि सम्म पुग्न सबुत प्रमाण खोजि गरि रहेको छ।

कोस्योस्क पसल हरु साना पसल हरु हुन् जुन प्राय: २४ घण्टा खुल्ला रहन्छन।  पछिल्लो  समय साइप्रस भरि अपराधको संख्यामा वृद्धि भएको छ।

यो समाचार पनि पढ्नुहोस् , १ मिनेट मात्र लाग्छ।

लिमासोलामा एक वृद्धको घर मा चोरी, पापोसमा रिफ्युजी फेल भएकी महिला पक्राउ 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *