साइप्रस न्युज

  एनआरएनए साईप्रसको नवौ अधिवेशन जुलाईमा हुने

शेयर गर्नुहोस्

 युरोप , साईप्रस युरोपियन देश साईप्रसमा रहेको सारा नेपालीहरुको साझा सस्था गैरआवासीय नेपाली सघंको नवौ राष्टिय अधिवेशन जुलाई १८ तारिख आईतवार हुने भएको छ ।

सघंका पदाधिकारीहरुको आज निकोसियामा बसेको बैठकले सर्ब सम्मतले निर्णय गरेको हो । सघंका उपाध्यक्ष अन्तेश राउतको अध्यक्षतामा बसेको बैठकले यसपालिको एनआरएनए सदस्यता एमआईएस अनलाईन सिस्टमबाट गत मई २१ तारिख देखि नै खुलाईएको सघंका प्रवक्ता दिनेश गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार मई २१ देखि जुन २१ को दिन अन्तिम हुने र थप सात दिन म्याद थपेर जुन २७ सम्म सदस्यता खुल्ला अन्तीम हुने ,जुन २८ देखि ३० सम्म नामावली प्रकासन , सच्चयाउने , जुलाई २ तारिख देखि १२ सम्म उम्मेदवारी दर्ता , जुलाई १३ देखि १५ सम्म दाबी विरोध , १६ तारिखको दिन उम्मेदवारहरुको नामावली प्रकासन र १८ तारिख अधिवेशन गर्ने आजको बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

साथै बैठकले अगामी निर्वाचनका लागि सुरेश कुमार साहलाई प्रमुख मा राख्ने सर्बसम्मतबाट निर्णय गरेको हो ।

सारा नेपालीहरुको साझा संस्था  एनआरएनएको साधारण सदस्य बन्नका लागि गैरआवासीय नेपाली सघंको केन्द्रिय विधान बमोजिम एमआईएस प्रणाली मार्फत फारम भर्न साईप्रसमा रहेका सबै नेपाली समुदायहरुलाई सघंले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *