साइप्रस न्युज

साइप्रसमा बलात्कारीलाई १२ वर्ष को जेल सजाय, लिमासोलमा चक्कु प्रहारबाट एक गम्भीर घाइते 

शेयर गर्नुहोस्

समिम मियाँ

०९ जुन २०२१/ लिमासोल

बलात्कारको आरोपमा पक्राउ परेका एक व्याक्तिलाई लार्नाका अदालतले आज १२ वर्षको सजाय सुनाएको छ। गत वर्ष सेप्टेम्बरमा २४ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा ४३ वर्षीय एक व्याक्ति पक्राउ परेका थिए। पिडित युवती  पूर्वी यूरोपीय देश को नागरिक भएको बताइएको छ।

गत सेप्टेम्बरमा युवती आफ्नो साथी को घर जान निक्सेकी बेला १४ युरो भाडा मा गन्तब्य  स्थान सम्म  लागि दिने र सो भाडादर मा जान युवती मानेपछि  भनि गाडीमा चढाएको  प्रहरीले बताएको छ।

गाडी चढे पछि अपराधिले युवतीलाई दुर्गम स्थानमा लगेर बलात्कार गरि सोहि स्थानमा छाडेर फरार भएको थियो।  बलात्कारी  यस अघि पनि २ पटक यौन अपराधमा पक्राउ परी सकेको  आज को साइप्रस न्युज एजेन्सीले खबर प्रकाशन गरेको छ।

लिमासोलमा चक्कु प्रहारबाट एक गम्भीर घाइते

लिमासोलको पोलेमिदिया स्थित एक निर्माण क्षेत्रमा बुधबार दिउँसो एक ब्याक्ति माथि चक्कु प्रहार भएको छ। एक अन्जान आक्रमणकारीले चक्कु प्रहार गर्दा ३५ वर्षका एक पुरुष को छाति मा गहिरो चोट लागेको छ।

घाइतेलाई लिमासोल जेनेरल हस्पिटलमा तुरुन्तै लागिएको थियो। घाइतेको अवस्था गम्भीर भएकोले आइ सी यु मा राखेर उपचार भै रहेको छ।  अन्जान आक्रमणकारी को हो भनि लिमासोल सीआइडि ले अनुसन्धान सुरु गरिसकेको छ।

घाइते व्याक्ति कुन देशका नागरिक हुन् भनि प्रहरीले खुलाएको छैन।  यो समाचार साइप्रस मेलले प्रकाशन गरेको छ।

यो समाचार पनि पढ्नुहोस् :

लिमासोलामा एक वृद्धको घर मा चोरी, पापोसमा रिफ्युजी  फेल भएकी महिला पक्राउ 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *