साइप्रस न्युज

विद्यार्थी रमिता चन्दको नेतृत्वमा साईप्रसबाट एक लाख भन्दा बढि सहयोग

शेयर गर्नुहोस्

युरोप , साईप्रस , साईप्रसमा विद्यार्थी भिषामा आएर स्वदेशमा कोभिडले खाना नपाएकाहरुलाई रमिता चन्द रितुको नेतृत्वमा एक लाख भन्दा बढि रुपैया नेपाल पठाईएको छ ।

विद्यार्थी रमिता चन्दले साईप्रसमा रहेका विभिन्न विद्यार्थी एवमं श्रमिकहरुसगं समन्वय गरि नेपालको विभिन्न सहरहरुमा सहयोग रकम पठाईएको साईप्रस नेपाल डटकमलाई फोन मार्फत जानकारी दिनुभयो ।

उहाले नेपालको नेपालगन्जमा समाजसेबी अम्बिका काफ्लेको हाथमा ४० हजार , काठमाडौको टियु अस्पतालमा हेमराज थापाको नाममा ३४ हजार र धनगढी नगरपालिकामा विद्यार्थी विष्णु मल्लको नाममा ३० हजार पठाईएको बताउनु भयो ।

आफु विद्यार्थी भिषामा साईप्रस आएर सानो आग्रहलाई सम्पुर्ण साईप्रसमा रहनुभएका अग्रजहरुले साथ दिएकोमा धन्यबाद समेत ब्यक्त गरेकी छिन ।

विद्यार्थी रमिताले स्वदेशमा आपत परेको बेला आफुहरुको मन दुखि रहेको भन्दै यस्तो अभियान संचालन गरेको र आफुलाई साथ दिने विद्यार्थीहरु आर्दश देव , रामसुन्दर यादव लगाएत सबै सहयोगहरुलाई विशेष धन्यबाद दिएकी छिन ।

स्वदेशमा आफुहरुले पठाएको रकमले थोरै मात्रामा भएपनि भोका रहेकाहरुको पेट भर्ने विश्वास लिएको उहाको भनाई थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *