प्रविधी

आठ अर्ब पासवर्ड इन्टरनेटमा लिक भयो , कतै तपाईंको त परेन ?

शेयर गर्नुहोस्

विश्वमा हालसम्मकै धेरै पासवर्ड लिक भएको छ । संकलन गरिएका झण्डै ८ अर्ब ४५ करोडभन्दा बढी पासवर्ड चर्चित ह्याकर फोरममा एकजना प्रयोगकर्ताले सार्वजनिक गरेका छन्

। कूल १० जीबीको उक्त टेक्स्ट फाइलमा यसअघि सार्वजनिक भएको र नयाँ पासवर्डसमेत समावेश छन् ।

पासवर्ड सार्वजनिक गर्ने व्यक्तिका अनुसार ती पासवर्ड ६ देखी २० अक्षरका छन् । कूल ८ अर्ब ४५ करोड ९० लाख ६० हजार पासवर्ड रहेको उक्त फाइलमा युनिक पासवर्डको संख्या भने न्यून रहेको जनाइएको छ ।

साे फोरममा अपलोड भएको फाइललाई ‘रकयु२०२१’ नाम दिइएकाे छ । जसले सन् २००९ मा भएको ‘रकयु’ डेटा ब्रिचलाई जनाउन खोजेको अनुमान गरिएको छ । सन् २००९ मा ह्याकरहरुको समुहले विभिन्न कम्पनीको डेटा ब्रिच गरी झण्डै ३२ मिलियन पासवर्ड प्लेन टेक्स्टमा लिक गरेका थिए । यी पासवर्डसमेत साे लिकमा समावेश रहेको जनाइएको छ ।

हाल विश्वका कूल ४ अर्ब ७० करोड मानिस अनलाइनमा छन् । तर, रकयु २०२१ ले विश्वको कूल जनसंख्याभन्दा बढी पासवर्ड संकलन गर्न सफल भएको छ ।

यसरी पासवर्ड लिक हुँदा तपाईंले प्रयोग गर्ने पासवर्ड पनि त्यसमा समावेश हुन सक्छ । तपाईंले यहाँ क्लिक गरेर हालसम्म भएको पासवर्ड लिकमा तपाईंको पासवर्ड परेको छ कि छैन भने परीक्षण गर्न सक्नुहुनछ । यदि छ भने तत्कालै आफ्नो पासवर्ड परिवर्तन गर्नु उपयुक्त हुनेछ ।

टेकपाना मा प्रकाशित 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

6 thoughts on “आठ अर्ब पासवर्ड इन्टरनेटमा लिक भयो , कतै तपाईंको त परेन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *