महत्वपूर्ण जानकारी

अब देखि हप्ताको दुई दिन श्रम स्वीकृति दिइने

शेयर गर्नुहोस्

काठमाडौं । अबदेखि हरेक हप्ताको दुई दिन भौतिक रुपमा उपस्थित भई श्रम स्वीकृति लिन पाइने भएको छ । बैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले सूचनामार्फत बुधबार देखि हरेक आइतबार र बुधबार भौतिक उपस्थितिमा श्रम स्वीकृति दिने जानकारी गराएको हो ।

कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामलाई मध्यनजर गर्दै कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा केहि समयको लागि बन्द गरेको थियो । र, अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।

सूचनामा भनिएको छ, ‘यो व्यवस्था यसअघि बायोमेट्रिक नभएका व्यक्तिहरुको लागि मात्र भएको हुँदा बायोमेट्रिक भएका र कार्यालयमा उपस्थिति नभई अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई अनलाइनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेको हुँदा त्यस्ता व्यक्तिहरु भौतिक रुपमा उपस्थित नभइदिनुहुन अनुरोध छ ।’

कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेसँगै कार्यालयले गत वैशाख २४ गतेदेखि अनलाईन प्रणालीमार्फत मात्रै रि–इन्ट्रीको सुविधा दिँदै आएको थियो।

यसअघि बायोमेट्रिक नहुनेहरुको हकमा अनलाईनमार्फत सेवा दिन नसकेपछि कार्यालयले सातामा एक दिन (बुधबार) सेवा दिने निर्णय गरेको थियो।

सेवाग्राहीको अत्याधिक चाप बढेपछि कार्यालयले हप्तामा दुई दिन सो सेवा प्रवाह गर्ने सूचना जारी गरेको हो।

यो सुविधा बायोमेट्रिक नहुनेहरुको हकमा मात्रै भएकाले बायोमेट्रिक हुनेहरुले अनलाईनबाटै सेवा लिन कार्यालयले आग्रह गरेको छ। कार्यालयले नयाँ श्रम स्वीकृति भने खुल्ला गरेको छैन।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *