प्रविधी

सावधान !! सोसल मिडियामा आउने म्यासेजले फोन देखि फेसबुक [ ह्याक ] होला है ??

शेयर गर्नुहोस्

तपाईं जस्तोसुकै फोन प्रयोग गर्नुहोस्, तर तपाईंलाई स्क्याम टेक्स्ट म्यासेज आइरहेकै हुन्छ । त्यस्ता म्यासेजले मानिसलाई वाक्क, दिक्क बनाउने मात्र होइन, कहिलेकाहिँ नराम्ररी झुक्याउने पनि गर्छ । फेसबुक, ह्वाट्सएप, भाइबरलगायतका सामाजिक सञ्जाल प्रयाेगकर्ता यस्ताे स्क्यामबाट पीडित भएका छन् ।

सायद तपाईंले पनि कहिले कुनै चिठ्ठा जितेको, कार्गो बाट सामान आएको छ लिन आउनु  वा कहिले के यो तपाई हो भनि युट्युब भिडियो जस्तै  भएको जस्ता  म्यासेज पाउनु भएको होला । हालै साइप्रसमा म्यासेन्जर चलेको कोलाकोला काण्ड पनि यस्तै किसिमको स्क्याम हो।

यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु तपाइँ को फोन, फ़ेसबुक, बैंकिंग एप हरु को पासवर्ड चोरी गर्न प्रयोग हुन्छ।  यस्ता म्यासेजहरुको खास उद्देश्य प्रयोगकर्तालाई म्यासेज पठाएर उनीहरुको व्यक्तिगत अकाउन्टको जानकारी प्राप्त गर्ने प्रयास गर्नु हो । त्यस्ता विवरणहरु प्राप्त गरेपछि फोनलाई टेकओभर गरेर  अनलाइन अकाउन्टहरुमा एक्सेस पाउने प्रयास गरिन्छ ।

आज हामी तपाईंलाई केही यस्ता जानकारी दिन गइरहेका छौं, जसले तपाईंको मोबाइललाई स्क्याम तथा स्पाम म्यासेजहरुबाट निम्तिन सक्ने संभावित जोखिमबाट बचाउनेछ ।

१. कुनै पनि अनवाश्यक लिंक नखोल्नुहोस्

स्क्यामरहरु एकदमै चलाख हुन्छन् । उनीहरुले कहिलेकाहिँ यस्ता म्यासेजहरु पठाउँछन्, जुन हेर्दा हामीलाई कुनै वैधानिक कम्पनीले पठाए जस्तै लाग्छ । उदारहणका लागि कुनै वायरलेस क्यारियर, जसले तपाईंको अकाउन्ट इन्फर्मेसन भेरिफाइ गर्न भन्दै कुनै लिंक पठाउन सक्छ। यस्सलाई फिसिंग भनिन्छ।  ।

त्यस्तो लिंकले तपाईंलाई यस्तो साइटमा पुर्‍याउन सक्छ, जुन हेर्दा एकदमै वास्तविक जस्तो देखिन्छ । तर त्यो फेक हुन्छ । त्यसले तपाईंको युजरनेम, पासवर्ड र अन्य व्यक्तिगत विवरण प्रयोग गरिरहेको हुन्छ, जुन भावी दिनका लागि प्रयोग हुन सक्छ ।

त्यसैले कुनै अनपेक्षित सन्देश प्राप्त गर्नुभयो भने त्यस भित्रको लिंक नखोल्नुहोस् । यदि खोलिहाल्नु भयो भने पनि अकाउन्ट वा व्यक्तिगत सूचना नराख्नुहोस् ।

के हो फिसिङ?

फिसिङ भनेको साइबर क्राइम हो। पहिले पहिले (र अहिले पनि) कुनै नाम चलेको संस्थाको झैँ लाग्ने गरी इमेल, फोन वा एसएमएस पठाएर अरुलाई झुक्याएर गोप्य र संवेदनशील डेटाहरु जस्तै पासवर्ड, एटिएमको पिनकोड आदि माग्ने गरिन्छ। यसरी हात पारिसकेपछि त्यसको प्रयोग गरेर हानी पुर्‍याउने काम गरिन्छ।

अहिले फेसबुकमा विज्ञापनै गरेर यसरी फिसिङ गर्न थालिएको छ।

 

जस्तै माथिको विज्ञापनमा तपाईँले क्लिक गर्नुभयो भने खुल्ने पेज यस्तो हुन्छ-

२. ‘स्टप’ लेखेर रिप्लाई गर्नुअघि विचार पुर्‍याउनुहोस्

यस प्रकारका स्पाम म्यासेजहरुलाई रोक्नका लागि एउटा राम्रो विधि भनेको त्यस्ता म्यासेजलाई ‘स्टप’ लेखेर रिप्लाई गर्नु हो । यसो गर्दा कुनै राजनीतिक अभियानकर्तादेखि कुनै सेवाप्रदायकबाट आउने सम्मका झन्झटिला म्यासेजहरु पनि आउन कमी हुन्छ ।

तर स्क्यामरले पुनः यही तरिका प्रयोग गरेर तपाईंलाई झुक्याउन सक्छन् । हामीले स्टप म्यासेज पठाइसकेपछि ह्याकरहरुले हाम्रो फोन नम्बर जेन्युन रहेछ भनेर थाहा पाएर हामीलाई टार्गेट गरी थप म्यासेज तथा रोबोकलहरु पठाउन सक्छन् । यसकारण स्टप लेखेर रिप्लाई गर्नुअघि म्यासेजको प्रकृतिमाथि थोरै अध्ययन अनुसन्धान गर्नुहोस् ।

३. फोनको ब्युल्ट इन ब्लकिङ टुल प्रयोग गर्नुहोस्

अर्को विकल्प भनेको त्यस्ता नम्बरहरुलाई आफैं ब्लक गर्नुहोस् । दुबै आईओएस र एन्ड्रोइडमा ब्युल्ट इन टूल हुन्छ, जसले निश्चित नम्बरबाट आउने म्यासेज र कललाई ब्लक गर्छ ।

आईफोन प्रयोगकर्ताले म्यासेज एपमा म्यासेज खोलेर माथि शिरानीमा रहेको प्रोफाइल फोटोलाई ट्याप गर्नुहोस् । त्यसमा रहेको इन्फोलाई पनि ट्याप गर्नसक्नुहुन्छ ।

अर्को स्क्रिनमा फोन नम्बर ट्याप गर्नुहोस् र त्यसपछि ब्लक दिस कलरमा जानुहोस् । यति गरिसकेपछि यस्ता म्यासेजहरु ब्लक हुन्छन् ।

४. उजुरी दर्ता गराउनुहोस्

यदि तपाईं अहिले आइरहेका वा भावी दिनमा देखा पर्नसक्ने स्पाम म्यासेज रोक्न चाहनुहुन्छ भने देशभित्र रहेका सम्बन्धित दूरसञ्चार नियामक संस्था वा दूरसञ्चार सेवा प्रदायक कम्पनीमा उजुरी दर्ता गराउन सक्नुहुन्छ ।

अन्यथा तपाईंले यस्ता म्यासेजहरुको उजुरी साइबर सुरक्षा सम्बन्धी मुद्दाहरु हेर्ने प्रहरी कार्यालयमा पनि दर्ता गराउन सक्नुहुन्छ ।

साइप्रसका लागि police’s cyber-crime unitको फोन नम्बर  22607250 or 22808200, वा सिटिजन हटलाइन  1460 मा वा सम्बन्धित टेलिकम को कस्टमर सपोर्ट मा फोन गर्न सकिन्छ।

यो समाचार पनि पढ्नुहोस् : आठ अर्ब पासवर्ड इन्टरनेटमा लिक भयो , कतै तपाईंको त परेन ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *