देश विदेश

इराकमा एक नेपाली युवतीले गरिन् [आत्महत्या ] , मलेसियामा तीन दर्जन [ शव ] अड्किए

शेयर गर्नुहोस्

कुर्दिस्तान। इराकको कुर्दिस्तानमा एक नेपाली युवतीले [आत्महत्या ] गरेकी छन्। शुक्रबार सिन्धुपाल्चोककी राधामाया तामाङले आफ्नै कोठामा [आत्महत्या ] गरेकी हुन्। उनी विगत पाँच वर्षदेखि श्रीमान, भाउजुसहित इराकको कुर्दिस्तान सुलेमानीमा बस्दै आएकी थिइन्। कामबाट फर्केपछि उनले [आत्महत्या ] गरेकी हुन्।

पारिवारिक झगडामा उनले देहत्याग  गरेको हुनसक्ने अनुमान गरिएको छ। मृतकका श्रीमान र भाउजु हुँदाहुँदै नै कोठामा छिरेर ढोका बन्द गरेको र नखोले पछि झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा भेटिएको जनाइएको छ।

हाल शव पोस्टमार्टमका लागि शवगृहमा लगिएको छ भने श्रीमानलाई प्रहरीले थुनामा राखेर सोधपुछ गरिइरहेको छ।

 

यो समाचार पनि पढ्नुहोस् :

मलेसियामा तीन दर्जन [शव] अड्किए

नेपाल आउने उडान बन्द हुँदा मलेसियामा वेदेशिक रोजगारीमा गएका करिब तीन दर्जन नेपाली कामदारको [ शव ] अड्किएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले हाल मलेसियाका ३५ नेपाली कामदारको [ शव ] रोकिएको बताए ।

कोरोना भाइरसको दोश्रो लहर फैलिएपछि सरकारले निषेधाज्ञाको आदेश जारी गरेलगत्तै अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवधिमा ३५ नेपालीको [ शव ] रोकिएको हो । मलेसियामा करार र भिसा अवधि सकिएर नियमितरुपमा नेपाल फर्कन खोज्ने नेपाली कामदारहरुको संख्या दैनिकरुपमा थपिँदै गएको छ । कतिपय कामदारले नेपालमा निषेधाज्ञा लागू हुन अघि नै टिकट लिएर बसेका छन् । हजारौं कामदारले उडान कहिले खुल्छ भन्दै टेलिफोन गर्ने गरेको राजदूत पाण्डेले बताए ।

जेल सजाय काटेका ६५ जना कामदार पनि नेपाल फर्किन नपाएर अलपत्र परेका छन् । मलेसियामा हाल कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ । पछिल्लो पटक गरिएको लकडाउन जुन १४ तारेखसम्म रहेको र त्यसपछि के हुने हो अनिश्चित रहेको पनि राजदूत पाण्डेले बताए । नेपालबाट हप्तामा एउटामात्र भए पनि उडान भए केही सहज हुने भन्दै निरन्तर परराष्ट्र मन्त्रालयलाई आग्रह गरिरहेको पनि जानकारी दिए ।

यता कारोना संक्रमणका कारण पछिल्लो दुई हप्तामा १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले साउदीमा ७, भारतमा ५ र कतारमा १ जना नेपालीको ज्यान गएको बताए ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *