देश विदेश

कोभिडका कारण विदेशमा दुई सातामा १३ नेपालीले गुमाए ज्यान | देश परदेश

शेयर गर्नुहोस्

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण पछिल्लो दुई सातामा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित २८ मुलुकमा ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । यसैगरी ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली कोरोनामुक्त भएका छन् । हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् ।

संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अरव, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म ५ लाख ८८ हजार १ सय २४ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएका छन् ।संक्रमणका कारण आइतवार सांझसम्म ७ हजार ८ सय ९८ जनाको निधन भएको छ ।

आइतबार साँझसम्म नेपालमा ६ लाख १ हजार भन्दा बढीमा संक्रमण देखा परेको छ । हालसम्म ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/06/12180/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *