देश विदेश

यी हुन् विदेशबाट आउनेहरुले क्वारेण्टिनको रुपमा बस्न तोकिएका ७८ होटलहरु | देश परदेश

शेयर गर्नुहोस्

कोभिड-१९ को संक्रमणको समस्याका बीच नेपाल फर्किनेहरुले तोकिएको अवधिका लागि अनिवार्य रुपमा होटलमा क्वारेण्टिन बस्नु पर्ने व्यवस्था सरकारले गरेका छ । सो अनुसार क्वारेण्टिन बस्नेहरुले पाँच तारे देखि टुरिष्ट स्ट्याडर्डका ७८ वटा होटलहरु आफ्नो खर्च गर्ने क्षमता अनुसार छनौट गर्न सक्नेछन् । यसका लागि पर्यटन विभागले ति होटलहरुलाई क्वारेण्टिनका रुपमा सञ्चालन गर्न सक्नेगरी सूचिकृत गरेको छ । स्वदेश फर्किनेहरुले अग्रिम रुपमा ति मध्ये कुनै एक होटलमा आफूले बुक गरेको प्रमाण देखाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किनेहरुले न्यूनतम पाँच दिन तथा अन्य अवस्थामा रहेकाहरु स्वदेश फर्किनेहरुले १० दिन ति मध्ये कुनै एक होटलमा क्वारेण्टिनमा बस्नुपर्ने व्यवस्था छ । सोहि नियम अनुसार नेपाल आउनेहरुलाई बस्नका लागि क्वारेन्टिन होटल तोकिएको विभागले जनाएको छ । कतारको दोहाबाट यात्रु नेपाल आउन थालिसकेका छन् । यसैगरी निकट भविष्यमा मलेशिया लगायतका मुलुकमा पनि सिमित नियमित उडान खोल्ने तयारी छ ।

काठमाडौंका सांग्रिला, होटल र्‍याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई विभागले क्वारेन्टिन तोकेको छ ।

यी होटल सञ्चालकले २५ भन्दा बढी कोठा क्वारेन्टिन बनाउन सहमत भएका छन् । चारतारे स्तरका होटल शंकर र होटल हिमालयसमेत क्वारेन्टिन होटलमा सूचीकृत भएका छन् । तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा समेत यात्रुले क्वारेन्टिन बस्न सक्ने छन् ।

यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन् । रिसोर्टमा बुढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्ट समावेश छ । पर्यटकस्तरीय होटेलमा धुलिखेल लज रिसोर्टलाई यो सूचिमा राखिएको छ ।

यसरी क्वारेण्टिनका रुपमा बस्न तोकिएका मध्ये तारे होटलहरुले आफैं शुल्क तोक्न पाउनेछन् भनें अन्यले दैनिक ३ हजार लिन सक्नेछन् । खाजा तथा दुईपटकको खाना सोही शुल्कमा समावेश हुन्छ ।

हेर्नुहोस् सूचिकृत होटलहरुको सूचि

२५ जेष्ठ २०७८, मंगलवार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/06/12182/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *