साइप्रस न्युज

साइप्रस स्वास्थ्य मन्त्रालयमा बिस्फोटमा संलग्न एक जना पक्राउ

शेयर गर्नुहोस्

समिम मियाँ

१४ जुन २०२१/ लिमासोल 

गत महिनाको २५ तारिख निकोसिया स्थित स्वास्थ्य मन्त्रालयमा भएको बिस्फोटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले आज दिएको जानकारी अनुसार सो घटनामा संलग्न मध्य एक जनालाई पक्राउ गरि सोधपुछको क्रममा अन्य केहि जानकारी नपाएको बताएको छ यदपि अनुसन्धान जारी रहेको छ।

सिसिटिभी क्यामेरा फुटेजमा हुडि लगाएका एक व्याक्ति प्रवेशद्वारमा केहि राखेर फरार भएको देखिएको थियो।

मे २५ मा बिहान करिब ११ बजे  स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा सानो बिस्फोट भएको थियो।  प्रहरीका अनुसार बिस्फोटमा ग्यास सिलिन्डर प्रयोग भएको थियो।  बिस्फोट सानो भएकाले कुनै मानविय क्षति नभए पनि प्रवेशद्वारमा क्षति पुगेको थियो।

बिस्फोटले लागेको आगोलाई ड्युटीमा रहेका कर्मचारीले निभाएको बताइएको छ।

बिस्फोट गराउनु को उदेश्य के थियो स्पस्ट भएको छैन। यस्तै प्रकृतिको घटना गत फेव्रुअरीमा लाट्सिया हेल्थ सेन्टर मा पनि भएको थियो।हाल लाट्सिया हेल्थ सेन्टरलाई कोभिड भ्याक्सिन सेन्टर को रुपमा प्रयोग गरिएको छ।

स्वास्थ्य मंत्री कोंस्तातिनुस आयान्नुले यस्तो घटना “अस्वीकार्य” भएको प्रतिक्रिया दिएका थिए।

यो समाचार आजको साइप्रस मेल मा प्रकाशित भएको छ।

यो समाचार पनि पढ्नुहोस् :

कोरोनाको भ्याक्सिनले शरीर ‘चुम्बक’ बनाएको दाबी

कोरोनाको खोपको साइड इफेक्टका विषयमा निकै चर्चा हुने गरेको छ। कसलाई खोप लगाएपछि ज्वारो आउने, कसैलाई शरीर दुःखने, कसैलाई बान्ता हुनेजस्ता समस्या देखिने गरेको छ। यस्ता समस्या आएमा चिकित्सकसँग परामर्श लिन पनि भनिएको छ। भारतको नासिकमा एउटा अचम्मको घटना भएको छ।

त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले खोपको दुवै डोज लिएपछि शरीरमा चुम्बकीय शक्ति विकास भएको दाबी गरेका छन्। उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेटलगायत वस्तु टाँसिएको अवस्थामा एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जुन निकै भाइरल बनेको छ।

सोनारका अनुसार एक दिन छोराले खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति विकास हुने गरेको बताएका थिए। ‘त्यसपछि मैले यस्तो पनि हुन्छ भनेर परीक्षण गर्ने विचार गरेँ तर आफ्नो शरीरमा चम्चा, प्लेटलगायत टाँसे’, उनले भने, ‘मेरो शरीरमा ती वस्तु सजिलै टाँसिए, यो वास्तविकता हो।’

सोनारले करिब ५ दिनअघि एउटा निजी अस्पतालमा कोरोना खोपको दोस्रो डोज लिएका थिए।

आफूहरुलाई अन्य कुनै समस्या नरहेको उनको भनाइ छ। त्यसो त सोनारको १० वर्षअघि बाइपास सर्जरी भएको थियो। दुई वर्षदेखि उनी नियमित रुपमा डायबटिजको औषधि लिइरहेका छन्।

जब आफ्नो शरीरमा स्टिल र फरामका वस्तुहरु सजिलै टाँसिन थाल्यो तब सोनारले चिकित्सकसँग परामर्श पनि गरे।

यस विषयमा डा हामिद दाभोलकर मानव शरीरमा स्टिल र फलामका वस्तु भौतिकीको नियमविपरीत हुन्छ, यो सम्भव नै छैन। ‘यदि मानिसको छालामा चिल्लोपन र भ्याक्युम क्याबिटी विकास भएको छ भने यसरी स्टिल र फरामका वस्तु टाँसिने सम्भावना हुन्छ’, उनले भने, ‘तर खोपमात्रै होइन अन्य खोप लगाएको अवस्थामा यो सम्भव छैन।’

जेजे मेडिकल कलेजका डिन डा तात्यारावे लहानेले पनि सोनारको दाबीमा कुनै सत्यता नभएको बताउँछन्। ‘विश्वभर १ अर्बभन्दा बढी मानिसले खोप लगाइसकेका छन्’, .

उनले भने, ‘ खोप र शरीरमा स्टिल र फरामका वस्तु टाँसिनुबीच कुनै सम्बन्ध छैन। त्यसैले यो विषयलाई खोपसँग जोडेर हेर्नु मूर्खताबाहेक अरु केही पनि होइन।’

यो समाचार पनि पढ्नुहोस् : टर्कीमा देखिएको समुन्द्री ‘सिँगान’ फामागुस्तामा पनि देखियो, के हुन्छ खतरा ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “साइप्रस स्वास्थ्य मन्त्रालयमा बिस्फोटमा संलग्न एक जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *