देश विदेशरोचक

यो हो मान्छे खाने नरभक्षी, घरमा भेटिए ३,७८७ मानव हड्डी

शेयर गर्नुहोस्

काठमाडौं। मासु काट्ने कसाइको कामको आडमा मानिस मारेर मानिसको मासु खाने एक नरभक्षी कसाइको पर्दाफाश भएको छ । ती व्यक्तिको घरमा ३ हजार ७८७ वटा मानव हड्डी भेटिएका छन् । यी हड्डीहरु १७ जना फरक फरक मानिसहरुको भएको जाँचमा पाइएको छ । मेक्सिकोका यी नरभक्षी कसाइले यी मानिसहरुको अवशेष आफ्नो घरमा जमिनमा गाडेका थिए । उनी पेशाले कसाइको काम गर्थे तर मौका पाउनासाथ मानिसको हत्या गर्थे ।

यी आरोपी सिरियल किलरको नाम आन्द्रेस भएको बताइएको छ । द सनको रिपोर्टअनुसार नरभक्षी आन्द्रेसको घरको कंक्रिटको भुइँमुनि गाडिएको अवस्थामा यी हड्डीहरु भेटिएका हुन् ।

अधिकारीहरुका अनुसार हड्डीका टुक्राहरुको आश्चर्यजनक संख्याले गाड्ने बेला लाशहरुलाई साना साना टुक्रामा काटिएको खुलासा गरेका छन् । ७२ वर्षका यी पूर्व कसाइ नरभक्षी सिरियल किलर भएको आशंका थियो ।

आरोपीले अदालतमा बताएअनुसार उनले एक पीडित महिलाको अनुहारको छाला समेत उक्काएर फालिदिएका थिए किनकि ती महिला निकै सुन्दर थिइन् ।

आन्द्रेसले मेक्सिकोमा ४ घण्टाको सुनुवाइको क्रममा बिरामी भएको दावी पनि गरेका थिए । उनलाई अदालतमा आधिकारिक रुपमा एक सेवारत पुलिस अधिकारीकी पत्नीको हत्याको अभियोगमा पेश गरिएको थियो ।

मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको उनको घरको उत्खनन गर्ने जाँचकताृहरुले शनिबार बताएअनुसार उनीहरुले अहिलेसम्म ३ हजार ७८७ हड्डीका टुक्रा भेटेका छन् जो १७ अलग अलग पीडितका हुन् ।

१७ मेदेखि गरिएको उत्खननमा अधिकारीहरुले त्यो घरको भुइँ खनेका छन् जहाँ आरोपी बस्थे । अधिकारीहरुले अब त्यही भवनमा भाडामा दिइएका अन्य कोठाहरुको भुइँ पनि खन्ने योजना बनाइरहेका छन् ।

वर्षौं पहिले हराएका मानिसहरुका परिचय पत्र र अन्य सामान कवाडीले भरिएको घरमा पाइएका छन् । यसबाट हत्या कैयौं वर्षदेखि भइरहेको खुलासा भएको छ । यी सिरियल किलरलाई अहिले पक्राउ गर्नुको कारण उनको पछिल्लो शिकार बहालवाला पुलिस कमाण्डरकी पत्नी थिइन् जसलाई उनले व्यक्तिगत रुपमा चिन्थे ।

रिपोर्टका अनुसार पुलिस अधिकारीकी पत्नी आन्द्रेससँग सपिङ गएकी थिइन् र त्यही क्रममा हराएकी थिइन् त्यसैले सीधा शंका आन्द्रेसमाथि नै गएको थियो ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “यो हो मान्छे खाने नरभक्षी, घरमा भेटिए ३,७८७ मानव हड्डी

Leave a Reply

Your email address will not be published. Required fields are marked *