देश विदेशरोचक

आफ्नै आमा मारेर टुक्रा–टुक्रा पारी खाने छोरालाई साढे १५ वर्ष कैद

शेयर गर्नुहोस्

बार्सिनोला । कसैले आफ्नी आमालाई मारेर खाएको घटना कहिल्यै थाहा पाउनुभएको छ ? सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर, एकजना स्पेनी व्यक्तिलाई आफ्नी आमाको हत्या गरी शरीरका अङ्गहरु खाएको आरोपमा साढे १५ वर्षको कारावास सजाय सुनाइएको छ।

२८ वर्षीय स्पेनी नागरिक अल्बर्टो सान्चेज गोमेजलाई सो कसुरवापत हालैमात्र अदालतले १५ वर्ष ५ महिनाको जेल सजाय सुनाएको छ।

यस्तो छ घटनाको प्रकृति

२०१९ फेब्रुअरी महिनाको कुरा हो, एक व्यक्तिले आफ्नो जीवनको ६ दशक पार गरेकी मेरिया सोलेडाड् गोमेजको उद्वारको लागि प्रहरीलाई खबर गरे।

त्यसपछि प्रहरी उनको इस्टर्न मेड्रिड स्थित घरमा पुगे। त्यहाँ पुग्दा प्रहरीले उनको घर वरिपरि शरीरका अंगहरु केही प्लास्टिकको कन्टेनरमा फेला पारेका थिए। सो घटनाको आशंकामा प्रहरीले उनकै छोरा अल्बर्टो सान्चेज गोमेजलाई पक्राउ गर्यो।

स्पेनी मिडियाका अनुसार ती व्यक्तिले आफ्नी आमालाई पटकपटक हिंसा गर्दै आएका थिए। सोही कारणले पनि प्रहरीले उनलाई राम्रोसँग चिनेका थिए। पक्राउ पर्ने क्रममा उनले आरोपको अस्वीकार गर्दै पक्राउविरुद्ध प्रहरीसँग प्रतिकार समेत गरेका थिए।

अदालती अनुसन्धानको क्रममा खुल्न आएको छ कि त्यतिबेला २६ वर्ष मात्र पुगेका सान्चेजले झगडाको क्रममा आफ्नी आमाको गला दबाए। त्यति नै बेला ती आमा कहिल्यै नउठ्ने गरी ढलिन्। त्यसपछि गोमेजले आफ्नी आमाको शरिरको अंगहरू टुक्राटुक्रा पारे, र दुई हप्तासम्म खाए।उनले केही आफ्नो कुकुरलाई पनि खान दिए। केही अवशेषहरू प्लास्टिकको कन्टेनरमा फालेका थिए।

हत्याको बखतमा एक किसिमको मनोवैज्ञानिक समस्याको अनुभव गरिरहेको भन्ने सान्चेजको बयानलाई अदालतले अस्वीकार गरिदिएको छ ।

सो हत्याको पुष्टि भएसँगै अदालतले उनलाई हत्याको कसुरमा १५ वर्ष तथा शव छिन्नभिन्न पारेको कसुरमा थप पाँच महिनाको लागि जेल सजाय भुक्तान गर्नुपर्ने सजाय सुनाएको छ ‌। त्यस्तै, उनले आफ्नो सहोदर भाइलाई क्षतिपूर्तिबापत ७३ हजार अमेरिकी डलर तिर्नुपर्ने समेत अदालतले सुनाएको छ ‌‌।

Courtsy : प्रवास खबर
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *