Domestic Workerसाइप्रस न्युज

साइप्रसबाट एक मानव तस्कर पक्राउ, ८ जना पिडितको उद्दार

शेयर गर्नुहोस्
समिम मियाँ
१७ जुन २०२१/ लिमासोल

युरोपियन प्रहरी (युरोपोल) ले युरोप भरि संचालन गरेको मानव  तस्करी विरुद्धको संयुक्त अपरेशनमा साइप्रसबाट एक जना तस्कर पक्राउ परेका छन्। मे ३१ देखि जुन ६ तारिख सम्म चलेको युरोपोलको संयुक्त अपरेशनमा साइप्रस सहित युरो जोनका २४ देशबाट २२९ जना मानव तस्कर पक्राउ परेका हुन्।

एकहप्ताको अपरेशनमा साइप्रसबाट मानव तस्करीमा परेका ८ जना पिडितको उद्दार गरिएको छ भने साइप्रस सहित अन्य देशबाट ६३० जना सम्भावित पिडितको पनि उद्दार भएको हो। पिडित कुन देशका नागरिक हुन् भनि खुलाइएको छैन।

साइप्रसमा पक्राउ परेका तस्कर विरुद्द निकोसिया क्रिमिनल कोर्ट मा मुद्दा दायर गरेको प्रहरीले जानकारी दिएको छ।

श्रम शोसण, कोभिड माहामारी कारण पिडित भएका विभिन्न तल्लो स्तरका कार्यमा रहने तेस्रो मुलुकका कामदारहरु अधिकांस तस्करहरु को जालमा सजिलै फस्ने गरेको युरोपोलको रिपोर्टमा उल्लेख छ।

रिपोर्टका अनुसार घरेलु कामदार, मानिस तथा घरपालुवा जनावरका  ‘केयर गिभर’ , निर्माण,यातायात, लिजेस्तिक क्षेत्रका श्रमिक  साथै ‘नेल सलुन’ मा काम गर्ने  कामदार पनि  तस्करहरु को जालमा सजिलै फस्ने गरेको पाइएको छ।

यी क्षेत्रमा हुने श्रम शोसणले  पेशागत श्रमिकहरु आफ्नो ऋणले गर्दा  धेरै जोखिमयुक्त काम गर्न बाध्य पारिन्छन्।  उदाहरणका लागि यातायातका कामदार हेर्ने हो भने कम तलब र ओभर टाइममा कटौति, हप्ताको सातै दिन र चौबिसै घण्टा खटिनु पर्ने घरेलु कामदार अत्यन्तै कमजोर वर्गमा पर्छन।

यस्तै वाध्यताले श्रमिक युरोपका देशमा जान चाहनाले तस्करीमा पर्ने गरेको रिपोर्टमा उल्लेख छ।

संयुक्त अपरेशनमा अस्ट्रिया, बेल्जियम,बुल्गारिया, क्रोसिया, साइप्रस, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंगेरी, आयरल्याण्ड, इटाली, लाटभिया, लिथुनिया, पोल्याण्ड, पोर्चुगल,रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन स्विडेन, स्विजरल्याण्ड र बेलायत सहभागी थिए भने अपरेशनलाई नेदरल्याण्डले नेतृत्व गरेको थियो।

प्रहरी, इमिग्रेसन, बोर्डर सेक्युरेटी, लेबर इन्स्पेक्टरका साथै ट्याक्स विभागको  सहभागिता रहेको थियो।

यो समाचार पनि पढ्नुहोस् : यूएईमा समस्यामा परेका १८ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।