कोरोनासाइप्रस न्युज

बिहिबार ६५ जनामा कोरोना पुष्टी, ६०% ले पहिलो डोज को खोप लगाए

शेयर गर्नुहोस्

समिम मियाँ

१७  जुन २०२१/ लिमासोल

साइप्रसमा  कोरोनाको संक्रमणमा अहिले निई  कमि आएको छ। बिहिबार स्वास्थ्य मन्त्रालयले ६५ जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको छ। बिहिबार दिनभरि  ३४,१५७ टेस्ट गरिएको थियो ।

३४,१५७ टेस्ट मध्य  २६,९१५  र्यापिड टेस्ट गरिएको थियो।  कन्ट्याक्ट ट्रेसिङ्गमा परेका मध्य ८  जना, पापोस र लार्नाका एयरपोर्ट बाट लिएका नमुना बाट १४  जना, व्याक्तिगत रुपमा परिक्षण गराउन गएका मध्य एघार जना , सरकारी हस्पिटलको ल्याब मा परिक्षण गरिएको मध्य २  जना, प्राइभेट ल्याब तथा फार्मेसीले टेस्ट गराउदा २ जनामा कोरोना पोजेटिभ पाइएको हो।

गत वर्ष साइप्रसमा पहिलो कोरोना संक्रमित भेटीए बाट हाल सम्म ७३,४४४  जना सक्रमित भै सकेका छन्।  कोरोना कै  कारण यो अवधीमा  ३७४ जनाको मृत्यु भै सकेको छ।  ज्यान गुमाउने हरुको उमेरको अनुपात हेर्दा ७८ वर्ष रहेको तथ्यांक मा देखिएको छ।

अहिले हस्पिटलमा ४१  जना कोरोना भाइरस संक्रमित उपचार गराई रहेका छन्।  हस्पिटल मा १५ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।

सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ भने स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ।

साइप्रसमा अहिले ६० %प्रतिशत जनसंख्यालाई पहिलो डोज को खोप  लगाई सकिएको छ भने ४०  प्रतिशत जनसंख्यालाई पूर्ण खोप लगाई सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जुन महिना को अन्तिम सम्ममा ६५% जनसंख्यालाई खोप लगाई सक्ने सरकारको लक्ष्य छ। युरोपियन युनियन भरिमा जुन महिना को अन्तिम सम्म खोप अभियानमा साइप्रस पहिलो देश बन्ने छ।

देश भरि दैनिक हुने निशुल्क कोरोना टेस्ट र उमेर समुह अनुसार गरिने खोप कार्यक्रममा सहभागी हुन पनि सरकरले आग्रह गरेको छ।

यो समाचार पनि पढ्नुहोस् : शुक्रबार कहाँ हुन्छ कोरोनाको लागि निशुल्क र्यापिड टेस्ट ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *