रोचक

तपाईले नसुनेका अचम्मका २ समाचार, यस्तो पनि हुन्छ र ?

शेयर गर्नुहोस्

काठमाडौं। बैंक खातामा थोरै–थोरै रकम हुने र थोरै–थोरै परिमाणमा पैसा निकालेर काम चलाउने सामान्य व्यक्तिको खातामा एक्कासी खरबौं रुपैयाँ आयो भने ऊ आत्तिनु स्वभाविक नै हो । यस्तै घटना अमेरिकाको फ्लोरिडाकी एक महिलासँग भएको छ । उनी एटिएमबाट केवल २० डलर (२ हजार ३ सय रुपैयाँ) निकाल्न गएकी थिइन् तर उनको खातामा यति धेरै पैसा थियो कि उनको होसहवास उड्यो ।

उनको खातामा झण्डै १ बिलियन डलर अर्थात १ खर्ब १८ अर्ब रुपैयाँ थियो । बैंक अधिकारीहरुलाई ती वृद्ध महिलाले यसको जानकारी दिएपछि मात्रै यसको खुलासा हुन सक्यो । फ्लोरिडाकी महिला जुलिया योंकोभ्स्कीले एटिएमबाट पैसा निकाल्न खोज्दा मेसिनले पैसा निकाल्दा चार्ज लाग्ने अलर्ट दियो ।

मेसिनले दिएको अलर्ट बेवास्ता गर्दै उनले कारोबार जारी राखिन् । तर, जब उनले ब्यालेन्स हेरिन उनको खातामा ९९ करोड ९९ लाख ८५ हजार ८५५ डलर ९४ सेन्ट थियो ।

जुलियाले एट अन योर साइडसँग कुरा गर्दै भनिन् ‘म यो देखेर निकै डराएकी थिएँ । मलाई लाग्छ धेरैले सोचेका होलान् कि मैले लट्री जितें तर यो निकै डरलाग्दो थियो ।’ जुलियाले आफ्नो खातामा झण्डै एक अर्ब डलर भएको थाहा पाउँदा पनि यसलाई चलाइनन् ।

उनले भनिन् ‘मैले यस्ता घटनाबारे सुनेकी छु जहाँ मानिसहरुले पहिले त पैसा निकाले तर पछि तिर्नु परेको छ । मैले त्यो पैसाको के गर्न सक्थें र त्यो मेरो पैसा थिएन ।’

मंगलबार उनको बैंक खातामा यसरी देखिएको ब्यालेन्स ठिक गरिएको छ । बैंकका अधिकारीले बताएअनुसार जुलियाको खातामा भएको रकम ऋणत्मक थियो ।

ती अधिकारीका अनुसार यदि कुनै बैंक खातामा संदिग्ध गतिविधि भयो भने त्यो खातामा यस्तो ठूलो संख्या देखाइन्छ र त्यो खाताको पैसा निकाल्न मिल्दैन । यही कारण जुलियाले पनि २० डलर निकाल्न सकेकी थिइनन् ।

जुलियाको खाता संयुक्त खाता थियो जुन खाता जुलिया र उनका श्रीमानको नाममा थियो । यही कारण उनले पैसा निकाल्न खोज्दा बैंकले उक्त खाता फ्ल्याग गरेर यो काल्पनिक ब्यालेन्स देखाएको थियो ।

संयुक्त खातामा यस्तो भएमा खाता फ्रिज हुन नदिन ग्राहकले बैंकमा सही कागजात उपलब्ध गराउनुपर्ने ती अधिकारीले बताए ।

 ९ लाख फलोअर भएकी  महिला टिकटकरलाई १० वर्ष जेल

काठमाडौं। इजिप्टकी एक टिकटक स्टारलाई १० वर्षको जेल सजाय सुनाइएको छ । यी महिलाले टिकटक र यस्तै अन्य सामाजिक संजालमा गरेका पोस्टका कारण उनलाई यो सजाय सुनाइएको हो । उनी टिकटकमा निकै लोकप्रिय थिइन् र महिलाहरुलाई अनलाइन भिडियो बनाएर पैसा कमाउने तरिका सिकाउँथिन् ।

हनीन होसम नामकी यी महिलासहित अन्य ४ जना महिला पनि पक्राउ परेका थिए ।

पक्राउ परेका सबै महिलाहरुलाई २ लाख इजिप्सियन पाउण्ड (१५ लाख रुपैयाँ) जरिवाना लगाइएको छ । बीबीसीका अनुसार यी महिलाहरुले अन्य महिलाहरुलाई अनलाइनमा भिडियोबाट पैसा कमाउने तरिका सिकाउँथे ।

प्रशासनले यसलाई ‘अनलाइन वेश्यावृत्ति’सँग जोडेर मुद्दा चलाएको थियो । पक्राउ परेका महिलामध्ये सबैभन्दा कडा सजाय हनीनलाई सुनाइएको छ किनकि उनी सुनुवाइको दिन अदालत उपस्थित भएकी थिइनन् ।

हनीनका वकिलले अदालतमा अनुपस्थित रहन पाउने हनीनको कानुनी अधिकार भएको तर्क गरेका थिए तर यसलाई बेवास्ता गर्दै उनलाई सबैभन्दा कडा सजाय सुनाइयो । हनीनका टिकटकमा ९ लाख फलोअर छन् ।

उनलाई सबैभन्दा पहिले अप्रिल २०२० मा पुलिसले पक्राउ गरेको थियो । त्यतिबेला उनले टिकटकमा एउटा भिडियो पोस्ट गरेर महिलाहरुलाई यस्तै भिडियो प्लेटफर्म लाइकी प्रयोग गर्न प्रोत्साहित गरेकी थिइन् । यसलाई त्यहाँको प्रशासनले पारिवारिक मूल्य र मान्यताको उल्लंघन भनेको थियो ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “तपाईले नसुनेका अचम्मका २ समाचार, यस्तो पनि हुन्छ र ?

Comments are closed.