साइप्रस न्युज

साइप्रसमा अनलाइन र फोनबाट ठगि बढ्यो, सतर्क हुन प्रहरीको अनुरोध

शेयर गर्नुहोस्

समिम मियाँ

१६ सेप्टेम्बर २०२१ /लिमासोल

साइप्रस प्रहरीले अनलाइन र फोन बाट ठगि हुन थालेको भन्दै सतर्क रहन अनुरोध गरेको छ।  ठगहरुले माइक्रोसोफ़्ट को कर्मचारी बनेर फोन गर्ने र कम्प्युटरमा रहेको  भाइरस हटाइदिने  बहानामा कम्प्युटरमा पहुचं बनाउने गरेको प्रहरीले जनाएको छ।

ठग र ह्याकरहरुले विभिन्न तरिकाले पिडित व्याक्तिको  फोन नम्बर हासिल गरेर माइक्रोसफ्ट कस्टमर सपोर्ट डेस्क को कर्मचारी बनेर कम्प्युटरमा डाटा प्रोटेक्सन गर्न सफ्टवेयर हाल्नु पर्ने वा भाइरस हटाउन मद्द्द गर्ने भनि बताउने गरेको पाइएको छ।

टार्गेट व्याक्तिलाई माइक्रोसफ्ट को कर्मचारी भन्ने विस्वस्त पारे पछि पीडितको कम्प्युटरको रिमोट एक्सेस माग्ने र विभिन्न नाम को सफ्वेयर चेकिङ्ग गर्ने भन्दै हात परे सम्मका बैंक डिटेल, पासवर्ड, क्रेडिट कार्ड नम्बर र अन्य डाटा चोर्ने गरेको प्रहरीले जानकारी दिएको छ।  पछिल्लो केहि महिना देखि यस्तो ठगी गर्ने गिरोह सक्रिय रहेको बताइएको छ।

साधारणतय कम्प्युटर वा ल्यापटपमा माइक्रोसफ्ट कम्पनिले बनाएको अपरेटिंग सिस्टम विन्ड़ोज ७, ८ वा १० को प्रयोग हुन्छ।  यस्तो अपरेटिंग सिस्टम खरिद नगरी पनि चलाउन सकिन्छ।  फ्री वा क्रयाक भर्सन को विन्डोज अधिकांसले चलाउने भएकोले यस्ता व्याक्ति सजिलै ठग हरु को जाल मा पर्ने गर्दछन।

इन्टरनेट बाट क्रयाक भर्सन को विन्डोज डाउनलोड गरि चलाउनु गैर कानुनी भएको वा सफ्टवेयर अपडेट गर्न पर्ने वा कम्प्युटर मा भाइरस पसेको छ भन्ने बाहानालाई पिडित ले बुज्न सक्दैनन् र माइक्रोसफ्ट कस्टमर सपोर्ट डेस्क को कर्मचारी भन्ने ठानेर कम्प्युटर को पहुच दिने गरेको पाइन्छ।

एक स्थान मा बसेर विश्वको जुन सुकै कम्प्युटरमा पहुच बनाउन सकिन्छ जसको लागी विभिन्न सफ्टवेर निशुल्क उपलब्ध छन्। जस्तै : टिम भ्युवर, एनी डेस्क आदि।

माइक्रोसफ़्ट कै हरेक कम्प्युटरमा पनि रिमोट डेस्कटप कनेक्सन प्री इन्स्टल हुन्छ। एक स्थानमा बसेर अर्को स्थानको कम्प्युटर मा सोहि सफ्टवेयर हालेर रिमोट आइडि को प्रयोग गरि जो कोहिले पनि  अर्काको कम्प्युटर मा पहुँच बनाउन सक्छ।

साइप्रसमा यस्तो ठगि मा परेका धेरै पिडितले प्रहरीमा उजुरी दिए पछि अन्जान  ब्याक्तिको कल रिसिभ नगर्न वा कम्प्युटर वा क्रेडिट कार्ड को जानकारी मागेमा नदिन अनुरोध गरेको छ।

साइप्रस प्रहरीको साइबर क्राइम युनिट मा जानकारी दिन Cyber Crime tel. +35722808200 Email: [email protected] मा सम्पर्क गर्न सकिन्छ भने  यहाँ क्लिक गरेर अनलाइन उजुरी दिन सकिन्छ।

ठग हरु ले  जनवरी मा लिमासोल बाट ३ जना व्याक्ति को बैंक एकाउन्ट बाट ७८ हजार युरो चोरी गरेका थिए। मोबाइलमा म्यासेज पठाएर गरिएको ठगि का अपराधि अझै प्रहरीको फन्दामा पर्न सकेका छैनन्।

गत महिना टेलिफोन सेवा प्रदायक कम्पनि  प्राइमटेल ले पनि विभिन्न देशका नम्बर बाट आउने कल र मिस कल बारे सचेत गराएको थियो। विभिन्न देशका नम्बर बाट आउने अन्जान मिस कल मा पुन कल गर्दा चर्को रकम काटिन्छ । त्यस्तो नम्बर मा कल ब्याक गर्दा महँगो चार्ज लाग्ने हुँदा पोस्पेड ग्राहकले चर्को बिल चुकाउन पर्ने बाध्यता हुन्छ।

यस्ता कम्पनिका नामबाट सामाजिक संजालमा फेक आइडि बनाएर लट्री परेको भन्दै  वाट्सप, भाइबर, इमो मा कल गर्ने गरेको पाइएको बताउदै यस्तो कल बारे प्रहरी वा कस्टमर केयर को नम्बर १३३ मा जानकारी गराउन अनुरोध गरेको थियो।

नेपाल मा पनि गत जुन ११ तारिख मा २५ लाखको लट्री परेको भन्दै अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ परेका थिए। सामाजिक सञ्जाल ह्वाट्सएप र इमोमार्फत लट्री परेको भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगञ्ज महानगरपालिका-१८ बस्ने निरजकुमार सिंह लाई नेपाल प्रहरीले पक्राउ गरेको थियो।

के तपाइँलाई पनि कहिल्यै लट्री परेको वा उपहार परेको वा कम्प्युटर भाइरस छ भनेर फोन वा म्यासेज आएको थियो ?

आएको भए आफ्नो अनुभव तल कमेन्ट मा लेख्न सक्नु हुन्छ।  

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।