कोरोनासाइप्रस न्युज

साइप्रसमा कोरोना को संक्रमण पुन: बढ्दै, नेपाल मा घट्दै

शेयर गर्नुहोस्

समिम मियाँ

२३ जुन २०२१ /लिमासोल

साइप्रसमा लकडाउन र प्रतिबन्ध खुलुलो परीएको केहि हप्ता नबित्दै  कोरोना को संक्रमण पुन: बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा  देश भरि  कोरोना परिक्षण गराउदा १६७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभरि ३३,४१३ टेस्ट गरिएको थियो  जसबाट भेटिएका कोभिडका बिरामीले पोजेटिभिटी दर पनि बढाएको छ अहिले सो दर ०.५०% पुगेको छ।

गत वर्ष देखि हाल सम्म कोरोना संक्रमितको संख्या ७९,९९९ पुगेको छ जसमध्य ३७८ जनाले ज्यान गुमाई सकेका छन्।

अहिले देश भरिका अस्पताल भरि  ४३ जना भर्ना भएका छन्। जसमध्य १९ जनाको अवस्था गम्भीर रहेको छ।

सरकारले  देश भरि गरेको  28,090 र्यापिड टेस्ट मध्य १०६ जनामा  कोभिड पुस्टि भएको  थियो।  कन्ट्याक्ट ट्रेसिङ्गमा परेका मध्य ३५  जना, पापोस र लार्नाका एयरपोर्ट बाट लिएका नमुना बाट ३  जना, व्याक्तिगत रुपमा परिक्षण गराउन गएका मध्य १७  , सरकारी हस्पिटलको ल्याब मा परिक्षण गरिएको मध्य २  जना, प्राइभेट ल्याब तथा फार्मेसीले टेस्ट गराउदा २ जना र डाक्टर को सिफारिस छेक गराउदा २ जनामा कोरोना पोजेटिभ पाइएको हो।

बुधबार नेपालमा २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ४६१ पीसीआर र ४ हजार ९५३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ५११ र ९१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ । जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ८१ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार ८९४ जनाको मृत्यु भएको छ । यस्तै देशभर ४२५ जना क्वारेन्टिनमा रहेका छन ।

यो समाचार पनि पढ्नुहोस : साइप्रसमा अनलाइन र फोनबाट ठगि बढ्यो, सतर्क हुन प्रहरीको अनुरोध

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।