देश विदेशमहत्वपूर्ण जानकारी

श्रम स्वीकृति अब हप्तामा तीन दिन : बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्नेलाई मात्र

शेयर गर्नुहोस्

 वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले सातामा तीन दिन भौतिक रुपमा उपस्थित भई सेवा दिने भएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै हाल निषेधाज्ञाको परिवर्तित स्वरुप तथा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै असार १३ देखि न्यून संख्यामा कर्मचारी तथा सेवाग्राही उपस्थित हुनेगरि हरेक आईतबार, मंगलबार र बिहिबार (सार्वजनिक विदा बाहेक) का दिन कार्यालय संचालन हुने जानकारी दिएको हो ।

साथै व्यक्तिगत श्रम स्वीकृति तर्फ यसअघि बायोमेट्रिक भएका र अनलाईनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई अनलाईनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेकोले बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्ने बाहेक अन्य व्यक्तिहरुलाई भौतिक उपस्थिति मार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन कार्यालयले अनुरोध गरेको छ ।

कोभिड १९ संक्रमणको व्यापकताको कारण बैशाख २४ देखि स्थगित गरिएको थियो । सो पश्च्यात भौतिक रुपमा उपस्थित भई प्रदान गरिने श्रम स्वीकृति हरेक आईतबार र बुधबार कार्यालय संचालन गरि सेवा प्रदान गर्दै आएको हो ।

निषेधाज्ञा खुकुलो भएपछि र अन्तर्राष्ट्रिय उडान सहज हुनथालेसँगै कामको चापलाई मध्यनजर गर्दै हाल हप्ताको तीन दिन सेवा प्रवाह गर्ने निर्णय गरेको श्रम कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालले बताए ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “श्रम स्वीकृति अब हप्तामा तीन दिन : बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्नेलाई मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *