साइप्रस न्युज

पापोसमा आगलागी, घरहरु खालि गराइदै (अपडेट )

शेयर गर्नुहोस्

२६ जुन २०२१

पापोसको आवासिय क्षेत्र  ‘तल भिलेज’ नजिकमा आगलागी भए पछि अधिकारीहरुले घर खालि गराइरहेको समाचार छ।  शनिवार दिउँसो आवासिय क्षेत्र नजिकै  आगलागी भए पछि जनधनको सुरक्षित पार्न आगलागी नियन्त्रकहरुले घर खालि गराएका हुन्।

आगलागी नियन्त्रण गर्न अग्नि नियन्त्रक सहित पांच दमकल र २ हेलिकप्टर अनि  परिचालित गरिएका छन्।  अग्नि नियन्त्रक विभागका प्रमुखले ट्विट गर्दै लिमासोल बाट २ दमकल मगाएको जानकारी दिएका छन्।

आगलागी नियन्त्रण गर्न ब्रिटिस बेस बाट पनि थप हेलिकप्टर मगाउने बताइएको छ।

प्रहरी र सिभिल सर्भिसका कर्मचारीले सो स्थान लाई सुरक्षित गराउन घरहरु खालि गराई रहेको साइप्रसमेल ले समाचार प्रकाशन गरेको छ।

आगलागी बाट गाडी तथा केहि घर जलेको बताइएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *