देश विदेश

बच्चाहरुमा अनलाइन गेमिङको लत, आमाको खाताबाट ५ लाख रुपैयाँ गायब

शेयर गर्नुहोस्

अनलाइन गेमिङ बालबालिकाका साथै उनीहरुको परिवारमाथि पनि भारी पर्न थालेको छ । यसका कारण भारतको छत्तिसगढको कांकेरमा एक महिलाले तीन महिनामा ३.२२ लाख भारु (पाँच लाख रुपैयाँ बढी) गुमाउनु परेको छ ।

यो रकम उनको खाताबाट काटिएपछि उनले अनलाइन ठगीको आशंकामा एफआईआर दर्ता गराइन् । प्रहरीले आफ्नो अनुसन्धानमा महिलाकै १२ वर्षका छोराले गेमको लेभल अपग्रेड गर्ने चक्करमा यो गेममा प्रयोग हुने हतियार खरिद गरे ।

जानकारीका अनुसार पीवी–१२ मिडिल स्कूलकी शिक्षिका शुभ्रा पालको खाताबाट ८ मार्चदेखि १० जूनको बीचमा २७८ पटक ट्रानजेक्सन भयो । यतिबेला उनको खाताबाट ३.२२ लाख भारु निकालियो ।

यो विषयमा उनले ११ जूनमा थानामा नै उजुरी दिइन् । रोचक कुरा के रह्यो भने पैसा निकाल्नका लागि उनको मोबाइलमा एकपटक पनि वान टाइम पासवर्ड (ओटीपी) आएन । यस्तोमा यसलाई असाध्यै चलाखले अनलाइन ठगी गर्ने नयाँ तरिका मानेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

खातामा राखिएको मोबाइल नम्बरबाटै ट्रान्सफर गरियो पैसाः

बैंकबाट प्राप्त जानकारी अनुसार खातासँग लिंक गरिएको मोबाइल नम्बरबाटै पैसा ट्रान्सफर गरिएको हो । यी रुपैयाँको प्रयोग अनलाइन गेम खेल्ने र गेमिङ लेभललाई अपग्रेड गराउनमा गरिएको छ ।

यो मोबाइलबाट महिलाका छोराले ‘फ्री फायरࡆ गेम खेल्ने गर्दथे, त्यसैले उनीमाथि सोधपुछ गरियो । त्यसपछि मात्रै यसबारे वास्तविकता उजागर भएको हो ।

र बच्चा पनि गेमको लतमाः

अनुसन्धानमा पत्ता लागेअनुसार यो क्षेत्रका थुप्रै बालबालिका गेमको लतमा परेका छन् । उनीहरुमध्ये कतिले यस्तै अनलाइन हतियार खरिद गरेका छन् ।

यद्यपि, उनीहरुको बच्चाले परिवारकै कुनै ठूलाको बहकाउमा आएर यस्तो गरेको परिवारले आरोप लगाएको छ । बालबालिकाले घरबाट पाएको पकेट मनी र पैसा चोरेर खर्च गरिरहेको बताइएको छ ।

जोसँग अनलाइन सुविधा छैन, उनीहरु अरु कसैलाई किनमेल गर्नका लागि पैसा दिइरहेको बताइन्छ ।

बालबालिकामाथि निगरानी राख्नुहोस्, अनलाइन गेमको राम्रो नराम्रो पक्षबारे बताउनुहोस्ः

कोरोनाका कारण किनमेल, भुक्तानीका साथै पढाई पनि अनलाइनबाटै भएको छ । यस्तोमा बच्चा पनि अब मोबाइलको बढी नै प्रयोग गर्न थालेका छन् ।

बालबालिकालाई मोबाइलमा अनलाइन सुविधा प्रदान गराउनुका साथै बच्चालाई यसको सकारात्मक र नकारात्मक पक्ष दुबैबारे जानकारी दिनुहोस् ।

मोबाइल प्रयोग गर्ने बेला बालबालिकाको गतिविधिमाथि निगरानी राख्नु आवश्यक छ ।

अनलाइन बस्ने बच्चाहरुसँग बैंक अकाउन्टको जानकारी साझा नगर्नुहोस् ।

बालबालिकाले मोबाइलमा के खेलिरहेका छन्, यसको पूरा जानकारी परिवारका सदस्यले राख्नुपर्छ ।

लापरवाही अपनाउँदा उनीहरु साइबर क्राइम र ठगीको शिकार हुन सक्छन् भनेर बच्चालाई भन्नुहोस् ।

बच्चालाई आफ्नै अगाडि अनलाइन सुविधा प्रयोग गर्न दिँदा राम्रो हुन्छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।